नेपालमा पहिलोपटक कोरोना संक्रमितबाट एक सरकारी चिकित्सक सहित थप ११ जनाको मृत्यु

Everest Fuji News २०७७ आश्विन १६ मा प्रकाशित       Published at 2020 Oct 02



 नेपालमा पहिलोपटक कोरोना संक्रमितबाट एक सरकारी चिकित्सक सहित थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

भदौ ३० गते स्वाब दिएका ५८ वर्षीय डा. हरि सापकोटालाई भदौ ३१ गतेदेखि कर्णाली प्रदेश कोभिड अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि यही असोज २ मा भेरी अस्पताल बाँकेमा रिफर गरिएको थियो । उनलाई १० दिनदेखि भन्टिलेटरमा राखिएको थियो |

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले सामाजिक सञ्जाल फेसबुकमा कोरोनाको संक्रमणबाट अभिभावक गुमाएको लेखेका छन् । नेपाल अर्थोपेडिक एसोसिएसनले विज्ञप्ति निकाले यसको पुष्टि गरेको छ ।


डा. सापकोटा कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन ११औँ तहका सरकारी डाक्टर थिए ।

त्यस्तै मृत्यु हुने महिलामा भक्तपुरकी ६१ वर्षीया र ५१ वर्षीया, काठमाडौँकी ६७ वर्षीया र सुर्खेतकी ७५ वर्षीया रहेका छन् भने पुरुषमा मोरङका २७ वर्षीय, ललितपुरका ३२ वर्षीय र ७० वर्षीय, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय, बाँकेका ५२ वर्षीय र ५९ वर्षीय रहेका छन् ।पछिल्लो २४ घण्टामा मृतकको संख्या ५ सय २१ पुगेको छ | 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.