नेपालमा २४ घण्टामा एक हजारभन्दा बढी सङ्क्रमित थपिए, छ जनाको मृत्यु

Everest Fuji News २०७७ भदौ २४ मा प्रकाशित       Published at 2020 Sep 09


नेपालमा २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट ९१८ जना मुक्त भएका छन् भने थप १,०८१ जनामा सङ्क्रमित र छ जना मृतक थपिएका छन्।

बुधवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४९,२१९ र निको हुनेको सङ्ख्या ३३,८८२ पुगेको छ।मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ६९ प्रतिशत छ।अहिलेसम्म नेपालमा ३१२ जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

अहिले नेपालमा १५,०२५ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ७,०३७ घरमै छन् भने बाँकी संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितहरूमध्ये १६२ जना सघन उपचार कक्षमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन्।क्वारन्टीनमा ५,४८० जना रहेका छन्।यो अवधिमा ११,१६७ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.