अन्तरराष्ट्रिय जाइकाहल इचिकायामा नेपाली र जापानी स्वास्थ्य विज्ञहरुविच छलफल सम्पन्न -
Everest Fuji News२०७५ माघ २५ मा प्रकाशितPublished at 2019 Feb 08
टोकियो।जापानमा रहेका नेपाली विज्ञहरु र नेपाली राजदूताबास जापानको सहकार्यमा भएको नेपाल जापान डाइलग सिरिजको तेश्रो श्रृंखला आइतबार फेब्रुअरी ३ तारिक को दिन टोक्योको इचिगाया स्थित जाइका अन्तरास्ट्रिय सभा हलमा सम्पन्न भएको छ। मूलतः जापानको स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरु बीच भएको यश अन्तरक्रिया कार्यक्रममा नेपालको स्वास्थ्य सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल गरिएको थियो। दुई सत्रमा बिभाजन गरिएको यस कार्यक्रमका सहजकर्ता डा.प्रकाश शाक्यले जापानमा विश्वकै उत्कृस्ट प्रबिधि र बिकाश भएकोले जापानको स्वास्थ क्षेत्र बाट धेरै कुरा हरु सिक्न सकिने बताउनु भएको थियो।पहिलो सत्रमा युनिभर्सिटी अफ टोक्यो हेल्थ साइन्सका अध्यक्ष प्रा.डा.यासुओ साकुमाले नेपाल सरकारले क्लिनिकल क्षेत्रमा चिकित्सक साथै हेल्थ अनुसन्धानकर्ता र बेसिक मेडिसिनका बिज्ञ हरुपनि उत्पादन गर्न प्रोत्साहन गर्नु पर्ने बताउनु भएको थियो। त्यस्तै, चिकित्सा शास्त्रको अध्यापन अंग्रेजी भाषामा भन्दा पनि आफ्नै देशको मात्री भाषामा गराउदा चिकित्सक र बिरामी बीचको दुरी कम हुने बताउनु भएको थियो। आफ्नै ल्याबबाट २ जना नेपालीले पिएचडि गरि सकेको स्मरण गराउदै भबिस्यमा अरु पनि इच्छुक नेपाली बिद्यार्थी हरुलाई सहयोग गर्न आफु तत्पर रहेको बताउनु भएको थियो। दोश्रो बक्ताका रुपमा मेडिकल डाटा कार्ड कम्पनीका चिफ अपरेटिंग अफिसर यासुयुकी सुजुकीले आफ्नो मेडिकल रेकर्डहरुलाइ डिजिटलमा राख्नु पर्ने बताउनु भएको थियो।त्यसो गरिदा प्राकृतिक प्रकोपको बेला पनि आफ्नो रेकर्डहरु नस्ट नहुने र येस्ता डाटा हरु आफुलाई चाहिएको बेला तुरुन्तै आफ्नै मोबाईल फोन बाट तुरुन्तै हेर्न सकिने बताउनु भएको थियो। तेश्रो बक्ताका रुपमा इताबाशी मेडिकल असोसिएसन हस्पिटलका निर्देशक प्रा.डा.हिरोयुकी इजुमीले जापानमा स्वास्थ्य बीमा प्रणालीको सुरुवाति र यस्को महत्वको बारेमा दर्शाउनु भएको थियो। बिरामी हरुमा स्वास्थ्य बीमा हुदा उनीहरुले हस्पिटलमा लाग्ने खर्चको बारेमा खासै चिन्ता लिन नपर्ने भएकोले त्यस्तो देशहरुमा स्वास्थ्य प्रणालीनै समग्रमा राम्रो हुने बताउनु भएको थियो। जापानमा प्रत्येक व्यक्तिले आफ्नो तलबको लगभग १०% स्वास्थ्य बिमाको लागि अनिबार्य रुपमा तिर्न पर्ने र सरकारले पनि आफ्नो बजेटको १०% जति स्वास्थ्य बिमामा खर्च गर्ने बताउनु भएको थियो।दोश्रो सत्रका पहिलो बक्ताका रुपमा टोक्यो युनिभर्सिटीका उप प्राध्यापक डा.लुशुन चालिसेले नेपाल र जापान मेडिकल प्रणालीको फरक साथै जापान बाट सिक्न सकिने पक्ष हरु औल्याउनु भएको थियो। जापानमा रेफेर्रल प्रणाली प्रचलित रहेको बताउदै जेनेरल फिजिसियनले तुरुन्तै बिशेषज्ञ चिकित्सककोमा पठाउने गरिने बताउनु भएको थियो। नेपालमा क्लिनिकल साथै रिसर्चको पनि चिकित्सक हरुलाई ज्ञान दिईनु पर्ने बताउनु भएको थियो। दोश्रो सत्रका दोश्रो बक्ताका रुपमा सुइता तोकुसुकाइ हस्पिटल ब्रेस्ट क्यान्सर विभागका निर्देशक डा.यासुहिसा फुजिमोतोले आफुले स्तन क्यान्सरको बिरामीको लागि नेपालमा प्रथम पटक पींक रिबन अभियान सुरु गरेको बताउदै नेपालमा स्तन क्यान्सर सम्बन्धि चेतनाको आबस्यक भएको बताउनु भएको थियो। म्यामोग्रफी नेपालमा महँगो हुने बताउदै अल्ट्रासाउन्ड् प्रबिधि कम खर्चिलो हुनाको साथै म्यामोग्रफी भन्दा पनि अझै प्रभावकारी रहेको बताउनु भएको थियो।गत वर्ष बिस्व प्रसिद्ध जर्नल लान्चेतमा प्रकाशित भएको एउटा लेख अनुसार जापानमा गरिएको एउटा अनुसन्धानमा धेरै बिरामी हरुमा म्यामोग्रफीले ब्रेस्ट क्यान्सर पत्ता लगाउन नसकेको स्मरण गराउनु भएको थियो। दोश्रो सत्रका तेश्रो बक्ताका रुपमा टि आइसीयु कम्पनीका अध्यक्ष डा.तोमोयुकी नाकानिशीले आफ्नो कम्पनीले बंगलादेशमा टेली मेडिसिन क्षेत्रमा सहयोग गरिरहेको बताउदै नेपालमा पनि आफ्नो सेवा बिस्तार गर्न इच्छुक भएको बताउनु भएको थियो। दोश्रो सत्रका अन्तिम बक्ताका रुपमा एकारिया कम्पनीका अध्यक्ष रुइची ओनोसेले आफ्नो कम्पनीले पिसाब बाट क्यान्सर पत्ता लगाउने प्रबिधि बिकाश गरेकोले यो प्रबिधि नेपालमा पनि धेरै महत्वपूर्ण हुने बताउनु भएको थियो।यस कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूताबासका नियोग उप प्रमुख कृष्ण चन्द्र अर्यालले नेपालमा अहिले स्थाई दुइ तिहाई बहुमत भएको सरकार रहेको र यो सरकारको एउटा मुख्य उदेश्य शिप,ज्ञान र लगानी भित्र्याउन इच्छुक रहेकोले सबै बिज्ञ र बक्ताहरुलाई आफ्नो शिप,ज्ञान र लगानी भित्र्याउन प्रोत्साहन गर्नु भएको थियो। साथै सबै बक्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै राजदूताबाशको तर्फबाट बिज्ञ हरु बाट प्राप्त सुझाब हरुलाई सम्बन्धित निकायमा पुर्याउन पहल गर्ने बताउनु भएको थियो।क्योउदाइ रेमिटान्स्( अाइएमइ) ले प्रायोजन गरेको यश कार्यक्रममा करिब ७० जना जापानी र नेपालीको उपस्थिति रहेको थियो।