चिकित्सा शिक्षा विधेयकबारे संसदीय समितिले फेरि डा. गोविन्द केसीसँग छलफल गर्ने

Everest Fuji News २०७५ पुष ९ मा प्रकाशित       Published at 2018 Dec 24


९ पुस, काठमाडौं । संसदको शिक्षा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकका विषयमा फेरि डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ । विधेयकमा रहेका केही व्यवस्थामाथि थप स्पष्टता आवश्यक रहेकाले केसीसँग छलफल गर्न लागेको हो ।

सोमबारको बैठकपछि समिति सदस्य कांग्रेस सांसद गगन थापाले विधेयकका केही प्रावधानमाथि डा. केसीसँग छलफल गर्नुपर्ने देखिएकाले समिति बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुन नसकेको बताए ।

‘चिकित्सा शिक्षा विधेयकको केही प्रावधानका विषयामा डा. केसीसँग छलफल गर्नुपवर्ने अवस्था आयो । आज मूल समितिमा औपचारिक प्रतिवेदनमाथि छलफल हुन सकेन । एक दुई दिनमा केसीपक्षसँग कुरा गर्ने र यो विधेयकलाई अगाडि बढाउने छलफल भएको छ ।’

समितिले काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने विषय र पाँच वर्षभित्र प्रमाणपत्र तह अन्तर्गतको चिकित्सा शिक्षासँग सम्बन्धित कार्यक्रम फेजआउट गर्र्दै जाने भन्ने विषयमा डा. केसीसँग छलफल गर्न खोजेको हो ।

समिति सदस्य सांसद योगेश भट्टराईले डा. केसीसँग सरकारले गरेको सम्झौताअनुसार विधेयक अघि बढाउँदा १० वर्षसम्म मेडिकल कलेज नै नखुल्ने देखिएकाले यस विषयमा उनीसँग छलफल गर्नुपर्ने देखिएको बताए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.