भारतका रामदेव योगगुरुका रूपमा विश्वभर प्रसिद्ध छन् । उनी थुप्रै देशमा पुगेर योग सिकाउँछन्, खाने कला सिकाउँछन् । उनी आफैँ पनि अहिलेसम्म फिट छन् । रामदेव आफैँचाहिँ के खान्छन् त ? एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री :
– रामदेव बिहान एक गिलास तातो पानी पिउँछन् । त्यसपछि ५ देखि ८ बजेसम्म योगा गर्छन् ।
– योगापछि तातो पानीसँग अमला र एलोभेराको जुस पिउँछन् । उनी भन्छन्, ‘मेरो उमेरका मानिसको आधा कपाल सेतो भइसक्छ । तर, यस्तो जुस पिएकै कारण मेरो कपाल अहिलेसम्म पनि कालो नै छ ।’
– उनले बिहानको खाजामा खजुर, अन्जिर र बदाम भिजाएर खाने गर्छन् । त्यस्तै, ५-७ वटा बदाम र २-३ वटा ओखर पानीमा भिजाएर खान्छन् । त्यस्तै, उनले आधा कचौरा टुसाएको गेडागुडी खान्छन् ।
– दिउँसोको खानामा उनी हरियो सागसब्जी र एक कचौरा दही खाने गर्छन् ।
– त्यस्तै, बेलुकीको खानामा उनले सिजनल फलफूल र एक गिलास दूध खाने गर्छन् । उनले १८ वर्षसम्म कुनै अन्न नखाएको र पछिल्लो समयचाहिँ थोरै=थोरै खान थालेको बताउँछन् ।
– आफू सधैँ खुसी रहने बताउँछन् । उनले एक्सन, रियाक्सन र रुम एक्सन निकै खतरनाकसमेत भएको बताएका छन् । उनी हरेक समय हाई कन्सस र क्रिएटिभ रहन सुझाब दिन्छन् ।
नयाँ पत्रिकाबाट