कास्कीको बुढीबजारमा खुल्यो अत्याधुनिक अस्पताल

Everest Fuji News २०७४ मंसिर १ मा प्रकाशित       Published at 2017 Nov 17


१ मंसिर, पोखरा । लेखनाथ क्षेत्रमै पहिलो पटक आईसीयू, एनआईसीयू सेवासहितको अत्याधुनिक हस्पिटल सञ्चालनमा आएको छ ।   लेखनाथ क्षेत्र, रुपा र मादी गाउँपालिका, तनहुँ, लमजुङ, गोरखा र स्याङ्जाको केही भागलक्षित लेखनाथ सिटी हस्पिटल शुक्रबारदेखि सञ्चालनमा आएको हो । पोखराका मेयर मानबहादुर जीसीले उक्त अस्पताल उद्घाटन गरे । त्यस क्रममा उनले महानगरले अस्पतालको निरन्तर अनुगमन र संरक्षणमा सहयोग गर्ने बताए । अस्पतालका अध्यक्ष डा. कमल कुमालका अनुसार अहिले २५ शय्या रहेकामा निकट भविष्यमै विस्तार गर्ने योजना छ । आकस्मिक र शल्यक्रियासहित बालरोग, स्त्रीरोगलगायत दैनिक विशेषज्ञ सेवा उपलब्ध गराइने कुमालले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.