डा केसीको स्वास्थ्य अवस्थाबाट डाक्टरहरु चिन्तित, डिसी सक र भेन्टिलेटर तयार राख्न आग्रह

Everest Fuji News २०७४ आश्विन २९ मा प्रकाशित       Published at 2017 Oct 15


काठमाडौं– डा गोविन्द केसी अनशन बसेको ११ औँ दिन पुगेको छ । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । आइतबार बिहान परिक्षण गरिएको रगतको रिपोर्टले उनको उपचारमा संलग्न चिकित्सकहरु चिन्तित भएका छन्। रिपोर्ट अनुसार रगतमा ‘क्याल्सियमको’ मात्रा निकै नै न्यून देखिएको छ। जसको सिधा सम्बन्ध भनेको मुटुको चालसँग रहन्छ । क्याल्सियमको मात्रा कम भइ पहिलेको सत्याग्रहमा जस्तै मुटुको चालमा गढबढी भए, अचानक धड्कन बन्द हुनेसम्मको खतरा हुने उपचारमा संलग्न चिकित्सक बताउँछन्। यसका साथै डा केसीको रक्तचाप कम छ जसले गर्दा उनलाई थोरै बोल्दा समेत रिंगटा लाग्ने र पसिना आउने समस्या छ। उपचाररत चिकित्सकहरुका अनुसार यसरी निरन्तर रुपमा कम रहेको रक्तचाप र रगतमा घटिरहेका‘ुमाइक्रोइलिमेन्टस’का कारण शरीरका मुख्य अङ्गहरुले काम नगर्ने अवस्था पनि आउनसक्छ । जुनसुकै बेला बन्द हुनसक्ने मुटुको चाल र अन्य अङ्गको गाम्भीर्यतालाई विचार गरि ‘ुडिसी सक’ र ‘भेन्टिलेटर’ तयार अवस्थामा राख्न जरुरी उनीहरुले ठानेका छन् । उनमा सेतो रक्तकोशिकाको मात्रा ३००० भन्दा कम भएको छ ।जसका कारण जटिल संक्रमणको खतरा छ । यसैलार्इ मध्यनजर गर्दै डा केसीसँग अत्यन्त जरुरी बाहेकका भेटघाटमा कमि गरिएको छ । उनलाई २४ घण्टा अक्सिजन दिइएको छ । एकैछिन मात्र पनि अक्सिजन माक्स निकाल्दा रगतमा अक्सिजनको मात्रा ‘अक्सिजन स्याचुरेसन’ कम भइ श्वासप्रश्वासमा समस्या देखिन थालेको छ । वार्तालापका दौरान छाती दुख्ने समस्याका कारण आज उनी दिनभर मौन छन्। ग्यास्ट्राइटीस बढ्दै गएका कारण पेटको माथिल्लो भागमा दुखाइ छ । शरिरमा ग्लुको, फ्याट (बोसो) टुक्रिएर मांसपेशीहरु टुक्रिन थालेका छ्न जसले गर्दा उनका पाखुरा र गोडाका मासंपेशीहरु निकै साना बनिसकेका छ्न्। यसकारण डा केसीका लागि आकस्मिक स्वास्थ्य उपचारको अविलम्ब व्यवस्था मिलाउन शिक्षण अस्पतालसँग माग गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.