रौतहट- ‘मिलेर हामी गर्न सक्छौं, पोखरा कास्की’ नामक संस्थाले रौतहटको बाढीप्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। संस्थाले मणिपाल मेडिकल कलेज र जिल्ला स्वास्थ्य कार्यालय रौतहटको प्राविधिक सहयोगमा शिविर चलाएको हो।
रौतहटको यमुनामाई गाउँपालिकास्थित राजपुर तुलसी प्राथमिक विद्यालयमा भएको शिविरमा ८ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको मणिपालका उपप्राध्यापक डा राजीव मुखियाले जानकारी दिए। उनका अनुसार शिविरमा निशुल्क औषधि वितरण समेत गरिएको छ।