सरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न सर्वोच्चको परमादेश

Everest Fuji News २०७४ आश्विन ३ मा प्रकाशित       Published at 2017 Sep 19


काठमाडौ- सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा अनिवार्य रुपमा आफ्नै औषधि पसल (फार्मेसी) राख्न परमादेश जारी गरेको छ। उपभोक्ता हित संरक्षण मञ्चको रिटमा न्यायाधीश विश्वभर श्रेष्ठ र तेजबहादुर केसीको इजलासले परमादेश जारी गरेको हो। दुई वर्षअघि मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सेनाले सरकारी अस्पतालले आफ्नै फार्मेसी राख्नुपर्ने, अस्पताल परिसरभित्र निजीलाई फार्मेसी ठेक्कामा दिन नहुने र निःशुल्क औषधि सरकारी फार्मेसीभित्रै उपलब्ध हुनुपर्ने माग राख्दै रिट दायर गरेका थिए। उनको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०७२ साउन २७ मा अन्तरिम आदेश जारी गरेको थियो। सोही रिटमा सर्वोच्चले अहिले परमादेश जारी गरेको हो। अन्तरिम आदेशलाई कार्यान्यवन गर्दै केही सरकारी अस्पतालले आफ्नै फार्मेसी सुरु गरिसकेका छन् भने केहीले आलटाल गरिरहेका छन्। परमादेशपछि अब सरकारी अस्पतालले अनिवार्य रुपमा आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने हुन्छ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.