मातृभुमिबाट कर्मको खोजिमा संसारका विभिन्न मुलुक पुगेका ,नेपालिहरुले गैर- राजनैतिक, गैर -नाफामुलक एउटा छाता संगठनको परिकल्पना गर्नपुगे र सन २००३मा जन्मन पुग्यो "गैर-आवासीय नेपालि सघं" जति वेला देश भित्र युद्धको तुवाँलो उडिरहेको थियो । स्थापनाका सुरुवाति केहि बर्षहरुमा प्रस्सतै आलोचना खेपेको यस संस्थाले प्राकृतिक विपत्तिमा मात्र होइन ,मानवीय सहयोग ,देश पुनःनिर्माण र व्यक्तिगत तथा सामुहिक लगानि समेत गरेर देशको आर्थिक क्रान्तिमा सहभागि गराएको छ । भलै , नव-धनाढ्यहरुको संगठन भन्दै आलोचना गर्ने र राजनैतिक दलहरुले आफ्नो प्रभाव छाड्न भनें छोडेका छैनन ।
परदेशिएको बाह्र बर्षमा म आँफुपनि विगत आठ बर्ष देखि यस संस्थाको पजिंकृत सदस्य हुदैं विभिन्न पदमा रहेर सामाजिक सेवामा सहभागि हुने अवसर प्राप्त गरें । यिनै दिनहरुमा क्षेत्रिय सम्मेलन,सेमिनारहरुमा विभिन्न देशमा पुग्ने र विभिन्न देशमा रहनुभएका नेपालिहरुले भोगेका समस्या , अवसर र चुनौतिहरु अध्ययन गर्ने सौभाग्य समेत जुर्यो भनें तत् तत् देशको भाषा संस्कृति र जिवन स्तरको ज्ञान पनि ।
ग़ैर नाफामुलक संस्था भएको हुदां तलव/भत्ताको व्यवस्था हुने त कुरै भएन न कुनै सहुलिएत र सुविधा नैं हुन्छ । आफुसगं बचे खुचेको समय र अर्थ खर्चेर पाउने लाभ भनेंको आत्मसन्तुष्टि मात्र हो । बरु कहिले कांहि आला काचां मित्रहरुले संस्थाको पैसामा संसार सयर गरेको आरोप समेत लगाउन छाड्दैनन । संस्था दिर्घजिवि भएको र तपाइ/हामि अझै दसकौं कर्मभुमि तिर सघंर्ष गर्ने योजना बनाएकाहरुले अहिले नैं मरिहत्ते गरेर यहि पद र यसैपालि भनिहाल्नु पर्ने देख्दिन,उसै त समाजसेवामा पद भनेको गौंण नै हुन्छ ।
दैनिक रुपमा नेपालिहरु जापान प्रवेशको संख्या बढ्दै जानु ,राजदुतावास सगं सिमित जनशक्ति हुनु,राजनैतिक/जातिय/क्षेत्रिय/ जस्ता सघं/संस्थाहरुले र सर्वसाधरणले समेत दुतावास पछिको भरपर्दो निकाय यसै संस्थालाइ मान्नुले पनि आगामि दिनमा ग़ैर आवासिय समन्वय समितिका पदाधिकारिहरुले औपचारिक कार्यक्रमहरुमा आशनग्रहण र खादाअर्पणमा मात्र नभइ करिव सत्तरि हजारको हाराहारिमा रहेका नेपालिहरुको सम्बोधन गर्नुपर्ने मुद्दाहरु असरल्लै देखिन्छ ।
सन २००४मा गठन गरिएको एन आर एन ए जापानलाइ कार्यसम्पादन गर्न सजिलो होस भनेंर गठन गरिएको आठ वटा क्षेत्रिय समिति बाह्र हुदैं तेह्र पुराइएको छ । यि क्षेत्रिय समितिले कार्यसम्पादन गर्न सकेनन भनें यस्को बोझ पनि केन्द्रिय समितिले नैं उठाउनु पर्ने हुन्छ त्यसैले पछिल्लो बार्षिक साधरणसभा (ओकिनावामा सम्पन्न) मा उमेदवारहरुले क्षेत्रिय समितिको सदस्य पदाधिकारि हुदैं केन्द्रिय समितिको नेतृत्वको लागि प्रोत्साहन गर्ने तथा अंकुश लगाउने हिसावले विधान संसोधनको प्रस्ताव गरिएको विदितै छ ।दुइ-दुइ बर्षको कार्यकाल रहने यस संस्थामा अधिवेशनको वरिपरि सल्लबलाएर पद ग्रहण गर्ने तर जिम्मेवारि पुरा नगर्ने । प्रतिस्पर्धामा छनौंट हुन नसके डेढ बर्ष भरि नकारात्मक टिप्पणि गर्ने र अधिवेशन नजिकिए पछि "कथाले माग्यो " भन्दै टक्िरनेहरु पनि प्रस्सतै भेटिन्छन ।
विशेष गरेर जापानवासि नेपालिहरुको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय तह र तप्कामा नेतृत्वलिन कस्सिनुहुने अभियान्ताहरुको पहलमा निर्वाचनका बेला हुनेगरेका "फजुल खर्च" र अस्वस्थ गुटबन्दि रोकेर "सहमति"को आधारमा आगामि कार्यसमिति चयन गर्न सके , यस्को संदेश टोकियो बाट काठमाण्डौं सम्म पुग्ने थियो । प्राय:जसो अन्तराष्ट्रिय क्षेत्रियभेला/सेमिनार/मिटिंगहरुमा संख्यात्मक र गुणात्मक उपस्थिति देंखाउदैं आएको एन आर एन जापानको छवि अरु आकासिने समेत थियो ।
अन्तमा, कसैको उक्साहट र लहै लहैमा होइन । आफु भित्र भएको खुवि, क्षमता र गर्न सक्ने योगदानलाइ स्व:मूल्याँकन गरेर उमेदवारि दिनुभयो भनें स्वयं आफु र समाजलाइ समेत न्याय हुनेछ । कथा यहाँ थरिथरिका लेखिन्छन र पटकथाहरुले स्वनायकहरुलाइ खलनायकको रुपमा प्रस्तुत गरेका प्रमाणहरु प्रस्सतै भेटिन्छन पनि । यस अभियानमा नजोडिने तर सधैं पर्दा पछाडिबाट ठुलो आस गर्ने र नकारात्मक टिप्पणिहरुमा मात्र रमाउने मित्रहरुलाइ समेत यस अभियानमा जोडिएर यस संस्थाको सौन्दर्यपान गर्न अनुरोध गर्दछु ।त्यस्तै उठाउने,जुधाउने र थेचार्ने निति अवलम्वन गरियो या त्यस्तालाइ प्रोत्साहित गरियो भनें आगामि कार्यसमिति लंगडो त बन्छ नै । त्यस्लाइ सत्तरि हजार नेपालिले सहजरुपमा नलिन पनि सक्छन र त्यस्को "बाछिटो "आँउदै गरेको अधिवेशनमा काठ्माण्डौंमा टल्किन सक्छ ।
यस संस्थाका निर्माणकर्ता, अभियान्ता,अग्रज,सहकर्मी मित्रहरु साथै मातृभुमिको जय होस !!!!
विष्णु प्रसाद घिमिरे
(लेखक अनेसास जापानका अध्यक्ष समेत हुन)