राष्ट्रपति नेपाली जहाज चढ्दा क्याप्टेन विजय लामा भए 'औधी खुशी' (फोटोहरू)

Everest Fuji News २०७४ बैशाख १० मा प्रकाशित       Published at 2017 Apr 23


काठमाडाैं । नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामा उड्यन क्षेत्रका एक सेलिब्रिटी हुन्। उनको चर्चा उडानमा मात्रै सिमित छैन। अभिनय कला, व्यक्तित्व र वाक पटुता पनि उस्तै लोभलाग्दो छ। राष्ट्रिय मुद्दाहरूमा उनी जुनसुकै स्टेजमा मन जित्ने शैलीमा प्रस्तुत हुन्छ। क्याप्टेन लामाको ‘जय चन्द्र सुर्य’ नारा जस्तै बनेको छ, जुन राष्ट्रिय ध्वजावाहाक नेपाल एयरलाइन्सको जहाजको सम्मानमा उनी जहाँ पनि प्रयोगमा ल्याउँछन्। लामाले आफ्नो फेसबुकमा त्यही ‘जय चन्द्र सुर्य’ को नारा उल्लेख गर्दै गाैरवको क्षण शेयर गरेका छन्। त्यो हो– नेपाल एयरलाइन्समा राष्ट्रपति विद्यादेवी भण्डारीको फ्लाइट। राष्ट्रपति भण्डारीको यो पहिलो अाैपचारिक विदेश यात्रा थियो र उनी नेपाली विमानमा यात्रा गरेकी हुन्। लामाले फेसबुकमा लेखेका छन्ः राजकीय भ्रमणको लागि अहिलेको समयमा राष्ट्र प्रमुखज्युहरुले राष्ट्रिय ध्वजावहाक नेवानिमा सवार गरिदिनु हुँदा औधी खुशी लाग्छ्! यसरि आफ्नै विमान सेवालाई मायाँ गरिदिनु हुँदा काम गर्न ठूलो हौसला मिल्छ हामी सबैलाई! हिजो सम्माननीय राष्ट्रपतिज्यु आर ए २१८ उडानमा! जय चन्द्र सुर्य ... लामाले भारतबाट फर्कदा फ्लाइटका क्रममा राष्ट्रपतिसँगको तस्बिरहरू फेसबुकमा शेयर गरेका छन्। ( dcnepal.com)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.