एजेन्सी/
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारको संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै ग्रीनल्यान्डलाई नियन्त्रणमा लिएर त्यहाँका मानिसहरूले कहिल्यै कल्पना नगरेको उचाइमा पुर्याउने बताए पछि ग्रीनल्याण्डका प्रधानमन्त्री मुटे बोरुप एगेडेले विरोध गरेका छन्।ग्रीनल्याण्ड उत्तरी एट्लान्टिक महासागरमा अवस्थित एक टापु हो। यो डेनमार्कको नियन्त्रणमा रहेको एक स्वायत्त क्षेत्र हो।
प्रधानमन्त्री एगेडेले ग्रीनल्यान्डलाई कसैले खरिद गर्न नसक्ने बताएका हुन्।ग्रीनल्याण्ड हाम्रो हो भने। यसलाई कसैले पनि किन्न सक्दैन। ग्रीनल्यान्डका मानिसहरू न त अमेरिकी हुन् न डेनिस, तिनीहरू ग्रीनल्यान्डिक हुन्। अमेरिकाले यो बुझ्नु आवश्यक छ।ट्रम्पले पहिलेदेखि नै ग्रीनल्यान्डलाई अमेरिकी नियन्त्रणमा लिने कुरा गरिसकेका छन्।