अमेरिकाको अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले दर्जनौ भवनहरूमा क्षति पु¥याएको छ समेत बताइएको छ । केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण जनधनको ठूलो क्षति भएको बताउनु भएको छ । आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरू ढलेको, बिजुलीको तार ढलेको र कारहरू पल्टिएको समेत उल्लेख गरिएको छ ।
राष्ट्रिय मौसम सेवाले मध्यपूर्वी क्षेत्रका केही भागमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिँदै जनजीवन र भौतिक संरचनामा क्षति हुने ठूलो खतरा रहेकाले सुरक्षित स्थलमा जान समेत अग्रह गरिएको छ ।।