अन्र्तराष्ट्रिय सञ्चारमाध्याम/
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको गुप्तचर विभागको उपप्रमुखमा ड्यान बोनगिनोलाई नियुक्त गर्नुभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ ।
अमेरिकाको संघीय अनुसन्धान व्यूरो एफबीआईको उपप्रमुखमा पडकास्टर बोनगिनोलाई नियुक्त गरेका बीबीसीले उल्लेख गरेको छ । देशलाई अतिधेरै माया गर्ने मान्छे भन्दै ट्रम्पले उहाँको परिचय दिएर सामाजिक संजाल मार्फत घोषणा समेत गरिएको बीबीसीले उल्लेख गरेको छ । ५० वर्षका बोनगिनोले न्यू योर्क प्रहरी विभाग र सेक्रेट सर्विसमा समेत काम गरेको अनुभव रहेको समेत उल्लेख गरिएको छ । उहाँ ट्रम्पका कट्टर समर्थक हुन् । दि ड्यान बोनगिनो सो नामक पडस्कार चलाउनको उहाँका फेसबुक सक्रियता अमेरिकाका सीएनएन र फक्स न्यूजको दुवै जोड्दा भन्दा धेरै हुने बीबीसीले उल्लेख गरेको छ ।।