न्यूयोर्क,अमेरिका |
२३,जनवरी ।
बौद्धमार्गीहरुको महान चाड विशेषत: शेर्पा समुदायको लोसार पर्वको दिन न्युयोर्कको सिटी काउन्सिलले (बैकल्पिक साईड पार्किङ् नियम अबलम्बन गर्ने भएको छ।
आईतबार बसेको न्यूयोर्कबासी शेर्पा समुदायको विशेष प्रतिनिधिहरु र सिटी काउन्सिल सदस्य जुली वनले दर्ता गरेको बिधेयक बिहिबार सिटी काउन्सिलमा सर्बसहमति पारित भएको सो बिधियकलाई आईतबारबाट पूर्णता दिएको हो | सो खुशियालीको अवसरमा सिटी काउन्सिलको बैठक पछि भएको सो निर्णयपछि काउन्सिल सदस्य जुली वन र हिमाली समुदायले सिटी काउन्सिलको प्रांगणमा ऐतिहासिक विजयोत्सव र्यालीको आयोजना गरेको थियो।
हिमाली समुदायको प्रमुख चाड लोसार पनि न्युयोर्क सिटीको अल्टरनेट साइड पार्किङमा छुट दिने चाडको रुपमा सुचिकृत हुन पुगेको छ।
बैकल्पिक पार्किंग सेवा सुबिधा यही जनवरी २३,२०२५ आईतबार का दिनदेखि लागु हुनेछ | यस वर्षको लोसार पर्व फेब्रुअरी २८ मा परेको छ। सो दिन शेर्पा समुदायले न्यूयोर्कमा भव्यताका साथ लोसार पर्व मनाउदैछ |
सिटी काउन्सिलको यस निर्णय पछि लोसारको दिनमा बाटोमा पार्क गरेको अर्को ठाउँ खोजेर पार्क गर्नु पर्ने झन्झटबाट मुक्त भएको छ।
अब देखि लोसारको पहिलो दिनमा न्युयोर्कबासीले सडकमा पार्क गरेको सवारी साधन सडक सफाईको समयमा हटाउनु नपर्ने भएको छ। अल्टरनेट साइड पार्किङ नियम अनुसार नियमित सडक सफाईको समयमा सडकमा पार्क गरिएको गाडी हटाएर अन्यत्र लगेर पार्क गर्नु पर्ने प्रावधान रहेको पनि सिटीले जनाएको छ।
उपस्थित हिमाली समुदायलाई संबोधन गर्दै काउन्सिल सदस्य जुली वोनले भने" न्युयोर्क सिटीमा नेपाल, तिब्बत, भुटान, मंगोलिया, भारत, र अन्य देशहरूबाट आएका बौद्धहरूका लागि पहिलो र एकमात्र ASP छुट्टी हो। मेरो डिस्ट्रिक्ट र न्यूयोर्क शहर भरिका ६१,००० भन्दा बढी न्यूयोर्कवासीहरूले तिब्बती बौद्ध नयाँ वर्ष लोसार मनाउँछन्। यो ऐतिहासिक बिल तिब्बती र हिमाली समुदायको लागि पहिलो र विशिष्ट ASP चाड हो। हाम्रो तिब्बती र हिमाली समुदायको लागि यो बिल कोसेढुङ्गा पनि हो। हिमाली समुदाय सँग लोसार मनाउन पाउँदा र उनीहरूको सँस्कृति सम्मान गर्न पाउँदा मलाई गर्वको अनुभूति भएको छ।”
कार्यक्रममा सिटी काउन्सिल यातायात समितिका अध्सक्ष सेलभिना ब्रुक्स पावर, भारतीय मूलका पहिलो काउन्सिल मेम्बर शेकर कृष्नन, काउन्सिल मेम्बर नार्सिस मर्सिडिस्, काउन्सिल मेम्बर, लिन्डा ली, लगायत नेपाली, तिब्बती र अन्य हिमाली समुदायका प्रतिनिधिहरुले संबोधन गरेका थिए । साथै परम पावन दलाई लामा र तिब्बती निर्वासित सरकारका सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा हिमाली सिंह नाच र तिब्बती परम्परागत नामतर गाना प्रस्तुत गरिएको थियो ।
धेरै परिषद सदस्यहरूका साथमा लोसार मनाउने समुदायका करीब २०० सदस्यहरू यस ऐतिहासिक उत्सबमा उपस्थित थिए।