अमेरिकामा हेलेन आँधीका कारण १८० को मृत्यु भएको छ, भने कैयैन घाईते भएको अन्ताराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । रोल......
सो आँधीबाट दक्षिण पूर्वी अमेरिकी राज्यहरू बढी प्रभावित भएका छन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आँधी प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । राष्ट्रपति बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना जानुभएको थियो ह्यारिस जर्जिया जानुभएको बीबीसीले जनाएको छ । सो आँधीका कारण सयौँ मानिस अझै बेपत्ता रहेको उल्लेख गरेको छ । खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ । अमेरिकाको दुर्गम क्षेत्रमा बस्ने मानिस सम्पर्कमा नआएको बताइएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेका अनुसार राष्ट्रपति बाइडेनले बिहीबार फ्लोरिडा र जर्जियाको पनि भ्रमण गर्नुभएको थियो ।।