स्वास्थ्य समस्या जटिल बन्दै , सुझाव प्रतिवेदनलाई यथाशिघ्र कार्यान्वयन गर्नु पर्ने :विज्ञ

Everest Fuji News २०७४ जेठ १ मा प्रकाशित       Published at 2017 May 15


प्रेमिला गौचन, जापान । जापानमा नेपालीहरुको जनघनत्व बढे सँगै स्वास्थ्य समस्या पनि विकराल बन्दै गएको एक स्वास्थ्य बिज्ञको अध्ययन टोलिले प्रतिवेदन तयार गरेको छ । यसका साथै आत्महत्या पनि दिन प्रती दिन बढ्दो छ । सो प्रतिबेदन शनिवार पत्रकार सम्मेलन गरी अध्ययन टोलिका सँयोजक डा. विजय ज्ञवालीले एनाअरएन जापानका अध्यक्ष सुदन थापालाई हस्तानतरण गरेको छ । क्लिनिकल मनोचिकित्सक डा. ज्ञवाली यस बाहेक केही समय देखी जापानवासी नेपालीहरुको स्वास्थ्य सँग सरोकारका विषयमा बिभिन्न क्याम्प हरु गर्दै आउन्नु भएको छ । हस्तान्तान्तरण सँगै प्रतिवेदनलाई दराजमा नथन्काइ यसलाई यथासिघ्र कार्यान्वयनमा ल्याउनु पर्ने , नभय यसले विकराल रुप लिन सक्ने सुझाव पनि स्वास्थ्य विज्ञहरुले दिए ।सुन्दा पनि अचम्म लाग्ने , जापानमा आर्थिक हैसियत बलियो बनाउन आएका नव युवाहरुको यसरी कुलतमा पर्छन भनेर ..? जापान आएपछी ४% ले चुरोट तथा सुर्तीजन्य र १० प्रतिशतले ले मदिराजन्य पिउन थालेको तथ्य जापानमा रहेका स्वास्थ्य विज्ञको एक अध्ययनमा प्रतिवेदनमा उल्लेख गरे सँगै यस बाहेक अन्य विविध समस्या पनि प्रतिबेदनमा उल्लेख गरेको छ । अध्ययन टोलिका अर्का सदस्य जापानमा ग्लोबल हेल्थमा अनुसन्धान गरी रहनु भएका डा.प्रकाश शाक्यले प्रतिवेदनको स्वास्थ्य सम्बन्धी सुझाव र पहुँचको वारेमा व्याख्या गरेका थिए । १) सर्बेक्षणमा सहभागि मध्ये २० % ले नेपाल बाट मगाइ औषधी खाने गरेको र जटिल परिस्थिती र रोगमा पनि नेपालबाट औषधी मगाइ खाने चर्चा गर्नु भयो । कतिपय ले गर्भ पतनको औषधी पनि नेपाल बाट खाएर सेबन गर्ने गरेको जानकारी दिनु भयो । २) ३ सय ५३ जनामा नमुना सर्वेक्षण गरेको प्रतिवेदनमामा प्रकाश पार्दै डा.शाक्यले परिक्षणमा भाषाको समस्या भएको , नेपालबाट आउँदै टिबी भएको ,२० प्रतिशतले एक पटक पनि स्वास्थ्य परिक्षण नगरेको र नेपालको औषधी प्रयोग गर्ने जस्ता खतरनाक प्रकृयालाई पनि गम्भिर हुन आग्रह गर्नु भयो । ३) २८ प्रतिशत नेपालीले स्वास्थ्य विमा नतिरेको। ४)  जापानमा सामाजिक संस्था प्रती जन गुनासो समाज सँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सँग मात्रा नभै अन्य गतिबिधिमा पनि ६० % ले असन्तोष व्यक्त गरेको उल्लेख गर्दै समाजको मेकानिज्ममा पनि परिवर्तन ल्याउनु पर्ने सुझाव दिए । निशुल्क टेलिफोन सेवा eg.AFPS shares) गैरनाफामुलुक एनजीओले स्वास्थ्य सम्बन्धि भाषा अनुवादकको काम गर्ने भएकोले यो संस्थासँग समन्वय गरेर सुबिधा लिन सकिने बिज्ञहरुको सुझाबमा उल्लेख छ । सर्वेक्षणमा ३ सय ५३ जना र ३३ वटा सामाजिक संस्थाको नमुना सर्वेक्षण गरिएको २४ पेजको लामो प्रतिवेदनमा ७ बुदे निष्कर्ष निकालेको छ । जसमा १० बुँदा सुझाव तयार गरेको छ । अन्य सुझाव : ५ ) जापान आउनु पूर्व जुन सुकै भिसामा आउने नेपालीलाइ कुनै पनि स्वास्थ्य जांच गर्न अनिवार्य गरिएको छैन | जसको कारण जापानमा भर्खर आएको व्यक्तिमा पनि विभिन्न स्वास्थ्य समस्याहरु देखिएको छ | लामो समय देखि आफुमा स्वास्थ्य समस्या हुँदा पनि स्वास्थ्य परिक्षण नगरेको कारण रोग पुरानो भै जीवन समेत गुमाउन परेको घटनाहरु पनि देखिएकोले जापान आउनु पूर्वको स्वास्थ्य परिक्षण अनिवार्य गरिनु र जापान आए पछि पनि कुक , विधार्थी र सबै प्रकारका भिसामा भएकाहरुको अनिवार्य स्वास्थ्य परिक्षण गराउन सम्बधित निकाएको ध्यान आकर्षण गराउन जरुरि छ | जापानी कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई वार्षिक रुपमा स्वास्थ्य परिक्षण गराउने नियम भएपनि नेपालीहरुको कम्पनीहरुले बिशेष गरि तोकिएको समय भन्दा बढी काम लगाउने, आरामको समयको कमि , जीवन बिमा नगरी दिने र गर्नु पर्ने नियमित स्वास्थ्य परिक्षण नगरी दिने जस्ता समस्यामा हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ | जापान सरकारको नियम अनुसार तोकिएको भन्दा बढि समय काम गराउने र जीवन विमा नगरिदिने, समयमा स्वास्थ्य परिक्षण नगरिदिने जस्ता प्रचलन हरुलाई पनि अनुगमन गर्न आवश्यक छ ।यो विषयमा जापान सरकारको सम्बन्धित निकायको पनि ध्यान आकर्षण गराउन जरुरि छ | ६) स्वास्थ्य चेतनाको अभावमा केहि नेपालीहरुको मृत्यु भएको घटना अध्ययनको क्रममा पाइएको छ | चिकित्सकको सल्लाह नमानेर अत्यधिक मादक पदार्थको सेवन, कुनै पनि मानशिक समस्या देखा पर्ना साथ अस्पताल नजानु, औषधिको सेवन नियमित नगर्नु, नेपालबाट औषधि ल्याएर प्रयोग गर्नु, अत्यन्त बढी श्रम गर्नु, खानपानको बेवास्ता गर्नु, पानी नपिउने आदि कारणले विभिन्न स्वास्थ्य समस्याहरु देखिने गरेका छन् | तसर्थ जापानवासी नेपालीलाई नियमित रुपमा स्वास्थ्य जनचेतना मुलक कार्यक्रम आयोजना गर्नु अपरिहार्य देखिन्छ | ७ ) यस अध्ययनको क्रममा धेरै जनाले जापान आइसके पछि धुम्रपान र मध्यपानको सुरुवात गरेको देखिएको छ | बिदेशी भुमिमा आइसकेपछि प्राप्त हुने स्वतन्त्रतालाइ सदुपयोग गर्न नसक्दा स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हानि हुने क्रियाकलापमा आदत बनाउने नेपालीको संख्या बढेकोले त्यो तर्फ जिम्मेवार संस्थाहरुले ध्यान दिनु पर्ने देखिन्छ | ८) अध्ययनको क्रममा नेपालीहरुले आउने सामाजिक सहयोग अत्यन्त कमजोर भएको कुरा प्रस्ट रुपमा सहभागीहरुले बताएका छन् | तसर्थ जापानमा रहेको बिदेशीले प्राप्त गर्ने सामाजिक सुरक्षाको जानकारी दिएर सामाजिक सुरक्षाको प्रणालीमा नेपालीलाइ प्रवेश गराउनु अत्यन्त जरुरि छ | नेपाली सित सम्बन्धित संघ सस्थाले आपसी समन्नय गरि नेपालीहरुलाइ सामाजिक रुपमा सुरक्षित अनुभूति गराउनु अन्त्यत जरुरि देखिन्छ | ९) बिदेशी भुमिमा भैरहेको आत्महत्यामा अर्को भूमिका मानशिक रोग सित सम्बन्धित मिथ्याले पनि ठुलो भूमिका खेलेको छ | लामो समय सम्म मानशिक स्वास्थ्य सित सम्बन्धित समस्या हुदा पनि उपचारमा नजाने नेपालीको सख्या उल्लेखनिय रहेको छ | तसर्थ मानशिक स्वास्थ्य सित सम्बन्धित सामाजिक मिथ्यालाइ हटाउन सबै पक्षले जनचेतना मुलक कार्यक्रम गर्नु जरुरि छ | १०) नेपालीहरुको सख्या बढे संगै मनोसामाजिक समस्या बढेको देखिन्छ | अस्पस्ट सम्बन्ध, पारिबारिक समस्या, आर्थिक समस्या , बेरोजगारी , अल्कोहलिजम जस्ता समस्याका कारण मनोसामाजिक समस्या बढेको छ | जसको कारण कतिपय गम्भीर अवस्थामा आत्महत्याका घटना पनि घटेका छन् | यो समस्या निराकरणको लागि नेपाली राजदुताबास , एन आर एन ए जापान र अन्य संघ सस्थाले सहयोग संयन्त्रको बिकाश गर्नु जरुरि छ| डा.विजय ज्ञवाली सँयोजक रहेको सो सर्वेक्षण समितिमा डा. प्रकाश शाक्य , डा. सन्दिप शाक्य , डा. दिपेन्द्र गौतम , डा . लक्ष्मी प्रसाद पराजुली , टाशी लामा , आनन्द कोइराला , बुद्दिराज घिमिरे र जनक बिक्रम शाही सम्मेलित समिति थिए भने प्रतिबेदन तयार गर्ने क्रममा समितिको कार्यमा प्रोत्साहन गर्ने नेपाली राजदुताबास जापानका कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल लगायत समितिका सल्लाहकार गैर आवासिय नेपाली संघ एनआरएनका आइसिसि उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा र सल्लाहकार जिज्ञानकुमार थापा समेतलाई अध्ययन टोलीले धन्यवाद दिएका छन । (भिडियो ) https://youtu.be/xWgchvlAwqA    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.