आरोही मीन बहादुर शेरचनको सगरमाथा आधार शिविरमा मृत्‍यु

Everest Fuji News २०७४ बैशाख २३ मा प्रकाशित       Published at 2017 May 06


बैशाख-२४ , आईतबार प्रेमिला गौचन , जापान । गिनिज अफ ओर्ल्ड रेकर्ड राख्न सफल भएका मिनबहादुर शेरचनको सगरमथा आरोहणको क्रममा  हिजो निधन भएको छ । उहाको शव लाई आज लुक्ला ल्याइ काठमाडौ ल्याउने तयारी भएको पर्यटन मन्त्रालयले जनाएको छ । नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुगेका शेरचनको हिजो साँझ ५ बजेर १४ मिनेटमा क्याम्पमै निधन भएको जानकारी दिएका छन । हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । काठमाडौँ: सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा जेष्ठ आरोहीको रेकर्ड बनाउने ८६ वर्षीय मिनबहादुर शेरचनको सपना अधुरै बनेको छ । ८६ वर्षीय पुर्व वृटिश गोरखा सैनिक शेरचनले सगरमाथा आरोहण गरेर सबैभन्दा वृद्ध आरोहीको रेकर्ड बनाउने लक्ष्य लिएका थिए । समाचार अनुसार शेरचनको शनिबार अपरान्ह ५ बजेर १४ मिनेटमा निधन भएको हो । अघिल्लो सातामात्रै प्रसिद्ध स्विस पर्वतारोही उली स्टीकले सथरमाथा क्षेत्रमा भएको एक दुर्घटनामा आफ्नो ज्यान गुमाएका थिए भने केही वर्ष अघी जेष्ठ आरोही शैलेन्द्र कुमार उपाध्यायको पनि सगरमाथा आरोहणकै क्रममा मृत्‍यु भएको थियो । शेरचनले यसअघि सन् २००८ मा ७६ वर्ष ३४० दिनमा सगरमाथा आरोहरण गरेर कीर्तिमान बनाएका थिए। उनको कीर्तिमान जापानी नागरिकले युचिरो मिउराले तोडिदिएका थिए । यसअघि आरोही शेरचन सन् २०१५ मा सगरमाथा आरोहण गर्न गएका थिए । तर वैशाख १२ को भुकम्पपछि उनी आधार शिविरबाटै फर्कन बाध्य भए । जापानीको रेकर्ड तोड्ने सपना अधुरै 'पृथ्वीको रक्षा, मानवताको कल्याण र विश्वशान्तिका लागि' सन्देश दिने लक्ष्यसहित सगरमाथा आरोहण गर्न गएका शेरचनलाई विभिन्न संस्था र व्यक्तिले सहयोग गरेका थिए । तर केही वर्ष पहिला जपानका ८१ वर्षीय युचिरो मिउराले सगरमाथा आरोहण गरेर उनको रेकर्ड तोडिएपछि पुन नेपालको नयाँ रेकर्ड कायम गर्न सगरमाथा आरोहण गर्न लगेको उनको भनाई छ । वि.सं. २०१६ मा पहिलो पटक पाँच हजार सात सय मिटर अग्लो धौलागिरी हिमाल आरोहरण गरेका उनी ८६ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारीमा जुटेका हुन् । यो पटक भने विश्व शान्तिको कामना, पृथ्वीको रक्षा र विश्व मानवताको कल्याणका लागि सगरमाथा चढन लागेको उनले बताए । यसअघि सन् २०१३ र २०१५ मा उनले सरमाथा चढने तयारी गरेका थिए । तर ०७२ बैशाख १२ को भूकम्पका कारण उनको सगरमाथा सपना पुरा भएन । त्यो समयमा उनी सगरमाथाको आधारशिविरसम्म पुगेर फर्किएका थिए । सगरमाथा चढ्न उनले लिएको रुटपर्मिट आगामी जेठमा सकिने छ । सथरमाथामा जानुअघि यसो भनेका थिए उनको सगरमाथा यात्रा अप्रिल पहिलो सातादेखि सगरमाथा सुरु भएको थियो । उनले सगरमाथा चढ्न उमेरले नछेक्ने बताएका थिए । ‘कुनै पनि काम गर्न मलाई उमेरले छेक्दैन । कुनै समयमा त मलाई मेरै उमेर बढी लेखिएछ की जस्तो लाग्न थालेको छ', शेरचनले भनेका थिए, 'आफू ८६ वर्ष पुगे जस्तो लागेको छैन । पहिला सगरमाथा आरोहणमा जाँदा कि चढेर आउँछु, कि मरेर फर्कन्छु भनेको थिएँ । यो पटक चढेर फर्कन्छु, मरेर जान्न, मलाई इश्वरको कृपा छ ।' आरोहणका लागि सवा करोड लागेको थियो । त्यसका लागि आवश्यक आर्थिक सहयोग गर्न उनले याचना गरेका थिए । गैर आवासीय नेपाली संघ बेलायत, म्याग्दी प्रवास नेपाली संघ बेलायत तथा बेलायतमा रहेका अन्य विभिन्न संघ संस्थाहरुले उनको सगरमाथा यात्राका लागि सहयोग गरेका थिए । https://youtu.be/i3j72VgCWuQ  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.