लोक गायक सुर्य खड्काको लय तथा गायनमा ४० लाख युवाहरु विदेशिन वाध्यात्मक शैलीलाई शव्द र भिज्युलमा राम्रो सँग प्रस्तुत गरेका छन ।
गीतकार शिव अखेलीको शब्दमा आमाको मुख्य भूमिकामा रङगमंच तथा चलचित्र क्षेत्रकी वरिष्ठ कलाकार रमा थपालियाले आमाको भूमिकामा अभिनय गरेकी छिन । विषेशत : गीतको शब्दमा २ जना छोराहरु आर्थिक उपार्जनको लागि वृद्ध भएका बाबु आमालाई गाउमा एक्लै छोडेर खाडीमा गएका हुन्छन , तर उनिहरु घर पेन्टिङ गर्ने काम गर्दा गर्दै डोरी छिनेर भुइमा लड्न पुग्छन र उनिहरुको घटनास्थलमै मृत्यु हुन्छ ।
तिनै दुई भाईको पार्थिव शरीर काठको बाकसमा नेपाल आईपुग्छन र आमा बुवाको सपना चकनाचुर हुन्छ । यस गीतको शब्द र पात्रहरुको छायाँकनले प्रत्येक विदेशिन बाध्य नेपाली युवा युवतीहरुको समस्यालाई उजागर गरेको छ ।

भर्खर मात्र बजारमा आएको नयाँ गीत 'रित्तो काख ' ले लाखौ नेपाली लाइ रुवाएको छ। प्रदेश गएका दुई भाइको कथा काल्पनिक भए पनि नेपालमा कयौं ठाउमा भएको यथार्थतासंग मिल्न गएको हुनाले धेरैको मन छुने गायक खड्काको दावी छ ।
गायनमा खड्कालाई रिना केसि,निर्मला क्षेत्रीले साथ दिएकी छिन । खड्काले नै संगीत भरेका यस म्युजिक भिडियोमा महेन्द्र गौतम,बिपेस घिमिरे र शंकर केसीले अभिनय गरेका छन।
बिनोद बाजुरालीले एरेन्ज गरेको यस म्यूज़िक भिडियोमा निर्देशक दुर्गा पौडेलको रहेको छ। नबिन घर्ती मगरको सम्पादन रहेको यस मार्मिक गीतलाई लाखौ श्रोताको मन जित्न सफल हुने आँकलन गरिएको छ।
https://youtu.be/tzLWJWmmeAg

