
हो गीतको शब्द नै कति मार्मिक छ ? आफ्नो भाग्य आँफै लेख्न मिल्ने भए.., माथि दिएका शब्दहरु सबै मार्मिक छन र यो सङ्गै राम्रो संगीतका साथ मार्मिक दृश्य र मनोरम प्राकृतिक सौन्दर्यताले थप भावूक बनाएको छ । लामो समयदेखी गीत,संगीतमा निरन्तर लागि रहेका गायक रामकृष्णवम मल्लको गीती एल्वम 'आफ्नो भाग्य ' सार्वजनिक गरेका छन । आधुनिक,झ्याउरे , लोक ,राष्ट्रिय गायन तथा संगीतमा पोख्त मल्लको यो ' आफ्नो भाग्य ' साच्चिकै सबै विधाका श्रोताको मन छुने आँकलन गरिएको छ ।
