साकुरा नाइट -३ टोकियोमा भब्य , आज साँझ नागोया र भोली ओशाकामा पनि भव्य हुने आयोजकको दाबी

Everest Fuji News २०७५ बैशाख २१ मा प्रकाशित       Published at 2018 May 04


प्रेमिला गौचन टोकियो । चितवनको मानवसेवा आश्रमलाई कार्यक्रम स्थलमै रकम हस्तान्तरण गरेर साकुरा नाइट ३ को टोकियोमा भव्य रुपले सुर्य कर्पोरेशनले कार्यक्रम सम्पन्न गरेको छ । नगद २० हजार वाल कलाकार दिव्या नेपाललाई कर्पोरेशनका अध्यक्ष वाशुदेव लामिछ्नेले स्टेजमै हस्तातण गरे । दिब्या ७ तारिख नेपाल उड्दै छिन । आयोजक टोली आजै बिहानै नागोया र ओशाकाको लागि कलाकार सहित १८ जना कार्यक्रम स्थलतिर प्रस्थान गरी सकेको छ । नागोयामा आज साझ ४ तारिख र ओशाकामा भोली ५ तारिखको लागि तय गरेको छ । नेपालमा ख्याती प्राप्त कलाकार तथा हास्य कलाकारहरुको प्रस्तुतीले टोकियो स्थित नाकानो जेरो हल हिजो पुरै भरीपूर्ण भएको थियो । हास्यव्यङगका किङ्ग मानिने सन्दिप क्षेत्रीले विभिन्न देशमा कार्यक्रम गरेको भय पनि जापानको जस्तो दर्शकको माया अन्य देशमा नपाएको अब्घिव्यक्ती दिदै परिवार , समाज र मुलुकमा भएका बिसंगतीको वारेमा व्यङात्मक शैलिमा प्रस्तुत गरे । तर गतसालको भन्दा यो साल समय पावन्दिका कारण उनको प्रस्तुती केही छुट्टाइएको थियो । र भिडियो रेकर्ड र लाइवको लागि पनि बन्देज गरिएको थियो   त्यस्तै बिगत २ दशक भन्दा बढी लोक तथा दोहोरी र आधुनिक गीतमा प्रख्यात कमाइ सकेका मिलन लामाको प्रस्तुतिमा सबै दर्शकहरुको गडगहाड , ताली तथा उनी सँगै नाचेर साथ दिएका थिए । उनी बेलायत ६ र अमेरिका ७ पटक सम्म आफ्नो प्रस्तुती देखाइ सकेका छन । त्यसैले उनी अहिले शायद नेपाली कलाकारलाई नै पहिलो हुन सक्छ , उहा बिना स्पोन्सर आफ्नै निजी निवेदकको रुपमा जापानमा प्रवेशाज्ञामा आएका छन। शायद नेपाली कलाकारको लागि यो कोशे ढुङ्गा सावित हुनेछ । उनका सदाबहार 'हङ कङ बजार बोलको गीतले स्टेज तताएको थियो । हेमन्त शर्मा को गीत पनि उत्तिकै मर्म स्पर्शी थियो । त्यस्तै आधुनिक गायिका मिलन अमात्यले ले पनि भर पूर्ण मनोरन्जन दिलाएकी थिईन । कार्यक्रमको अन्तिम तिर पप गायक सन्दिप क्षेत्रीको ' आँखामा तिम्रो आँखामा ' बोलको गीतले नव युवाहरुलाई नियन्त्रणमा लिन आयोजकलाई हम्मे हम्मे परेको थियो । वाल कलाकार दिव्या नेपालको , ३,४ वटा प्रस्तुत गरिसके पछी कर्पोरेशनका ब्राण्ड एम्बेस्डर तथा संचारकर्मी नरेश भट्टराईले भविस्यमा न वान कलाकार बन्न सक्ने क्षमता देखेको भन्दै उनको निकै तारिफ गरे । उनी जापानमा समाज सेवामा अग्रणी भूमिका खेल्दै आएका व्यक्तित्व दिपक नेपालकी छोरी हुन । अन्त्त्यमा गोल्ड स्पोन्शर ,सिल्भर स्पोन्सर प्रत्यक्ष्य अप्रत्यक्ष रुपले सहयोग गर्ने सबैलाई धन्यवाद दिएर कार्यक्रमको बिट मारेका थिए । https://youtu.be/ga4VpYqO3mw


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.