जापान,टोकियो ।
बिश्व प्रसिद्द मोटर कम्पनी होन्डा कम्पनीमा कार्यरत नेपाली कर्मचारी सुदीप थकालीले नयाँ एल्वम ' रकस्टार' सार्वजनिक गरेका छन । नेपालमा पुरानो र चर्चित 'मधुरुरिमा रेकर्डिङ्ग' स्टुडियो नेपालमा रेकर्ड गरिएको यस सिडिमा जम्मा ७ गीत रहेको छ । ५ वटा गीतमा आफ्नै शब्द र लय चयन गरेका छन भने ' उडी जाने पँक्षी' बोलको गीतमा काठमाडौ स्थित गोदावारीको रमणिय स्थलमा छायाँकन गरिएको छ । यल्बमको नाम 'रक्स्टार' भयता पनि यसमा प्राय: वियोगान्तका गीतहरु समेटिएका छन ।
साथै नेपाली लोकपप, आधुनिक सहित रक र युवापीढिको आवाज समेटिएका गीतहरुलाई समावेश गरेको गायक थकालीले बताए। सो समारोहमा व्यवसायी विजय थकाली, थकाली सेवा समाज जापानका अध्यक्ष बुद्धि गौचन, जनजाति पत्रकारमहासंघ जापानका अध्यक्ष शान्त पहरी, नेपाल जापान डटकमका सम्पादक आनन्द कोइराला तथा कलाकार सुदिन गुरुङले एकैसाथ विमोचन गरेका थिए ।
सङ्गस अफ नेपालद्वारा अपलोड गरेको यस म्युजिक भिडियोमा १ लाख ४२ हजार भन्दा बढी भ्युवरहरुले हेरिसकेका छन । थकालीले उत्साहित हुँदै भने 'यसले मैले ८ वर्षको तपस्या पछी गरेको कामलाई मुल्याङ्कन गरी मायाको गरी दिनु भएकोमा थप उर्जा मिलेको' भन्दै सबै दर्शकहरुलाई धन्यवाद दिएका थिए ।
थकालीको नेपालमै रहदा रकस्टार बन्ने धोको बल्ल जापान आएको ८ वर्ष पछी पुरा भएको छ । उनी नेपालमै हुँदा एल्वम निकाल्ने तयारीमा थिए , तर अकस्मात जापान आउनु पर्दा ८ वर्ष कुर्नु परेको आफ्नो अनुभव सुनाए। यस अवधिमा उनले आफ्नो अध्ययन र क्यारियरलाई बिगार्न चाहन्नथे । अहिले उनी गुम्बाकेन स्थित विश्व प्रसिद्द होन्डा कम्पनिमा ३ वर्षदेखी आकर्षक पदमा जागिरे छन । एक महिने हिउदे बिदाको मौका छोपी नेपालमा गएर आफ्नै अधुरा सपनाहरु पुरा गरेका थकालीले आउँदा दिनहरुमा नेपाल र जापानमा छायाकन सहित म्युजिक भिडियो निकाल्ने तयारीमा रहेको उल्लेख गरे । तर यसको लागि पनि कती वर्ष कुर्नु पर्ने हो , थाहा भएन भन्दै आफ्नो शब्दलाई बिट मारे । किनकी जापानमा जागिर सहित अन्य विधामा लाग्न चुनौती नै छ ।
https://youtu.be/cJwaWBwEJYk
https://youtu.be/yjBrN_3YnyY