जापान , टोकियो ।
वर्तमान समयमा वियोगान्त म्युजिक भिडियोले बजार तताएको छ ।
यसको ज्वलन्त उदाहरण भर्खरै साइलीले पनि १ करोड ४१ लाख भन्दा बढीले सुनेका छन् भने यसपछी ' पिउदिन भन्दा भन्दै पिलायो साथीले ' बोलको गीत पनि सर्वाधिक रुचाइएको गीत हो ।
त्यस्तै विदेशिएका युवाको ढुक ढुकीलाई समेटेर जापानमा विगत ७ वर्ष अघी आएका युवराज रेग्मी ' सोल्टिले पनि ' सरी भन्छु ए प्रिय , छोडि प्रदेशी भए ' बोलको गीतले पनि बजारमा हल्ला पिट्ने सम्भावना रहेको विष्लेशकहरुले बताएका छन । शब्द , संगीत र स्वर युवराज रेग्मी आँफै रहेको यस म्युजिक भिडियोको छायाकन नेपाल र जापानमा गरिएको हो भने कम्पोज पनि जापान मै गरेको छ ।
राप्ती समाज जापानका कोषाध्यक्ष समेत रहेका रेग्मीको यो पहिलो प्रयासलाइ जापानवासी नेपालीहरुको ढुक ढुकीमा बस्ने अनुमान गरिएको छ ।
https://youtu.be/AYFw3LX6QCo