काठमाडौं :
जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा Genuine Placememt Pvt.Ltd का सञ्चालक ५० वर्षीय डिल्लीराम खतिवडा रहेको प्रहरीले जनाएको छ।
मोरङ लेटाङ नगरपालिका -२ घर भइ हाल काठमाडौंको धुम्बाराही विष्णु गल्तीमा बस्दै आएका खतिवडा कोटेश्वरबाट पक्राउ परेका हुन्।
ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ४६ लाख ठगी गरेको आरोप खतिवडामाथि छ।