मोहन सिटौलाको व्यष्टि र समष्टि"लोकार्पित

Everest Fuji News २०८२ जेठ १४ मा प्रकाशित       Published at 2025 May 27





काठमाडौं ।


साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा शारदा मासिकको "मोहन सिटौला : व्यष्टि र समष्टि" अतिरिक्ताङ्कको लोकार्पण गर्‍यो । 

सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र मन्चासिन सबैले लोकार्पण गर्नु भएको थियो । 


 


साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लोकार्पित कृतिबारे साहित्यकारहरु प्रा. हेमनाथ पौडेल र प्रा. डा. देवी नेपालले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । 


कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले सर्जक मोहन सिटौलाको योगदानको चर्चा गर्दै सिटौला बहुआयामिक व्यक्ति भएको चर्चा गर्नु भयो ।


 अध्यक्ष लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै पुस्तक प्रकाशन र सर्जक सिटौलाले साहित्य सिर्जना, अनुवाद र सस्थागत योगदानमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्दै सिटौलाको काव्यमा नविनता, कलात्मकता, मानवीय समवेदना,  डायस्पोरिक चेतना, स्थानीयता, स्वतन्त्रता आदि रहेको बताउनु भयो ।


अस्टिन, अमेरिकामा रहनु भएका मोहन सिटौलाले अनलाइनबाटै आफ्नो मन्तव्य राख्दै आभार प्रकट गर्नु भएको थियो ।


"शारदा मासिक"का सम्पादक विमल भौकाजीलाई मायाको चिनोसहित सम्मान गरिएको सो कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश मोहनप्रकाश सिटौला, वरिष्ठ इतिहासविद्  प्रा. डा. सुरेन्द्र के. सी., वरिष्ठ साहित्यकार डा. गार्गी शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, बाग्मती कलेजका प्रिन्सिपल प्रा. डा. सुरेन्द्र सिटौला, सिटौला समाजका पूर्व सभापति खगेन्द्रराज सिटौला, कपिल सिटौला लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।


साहित्यकार भगवती बस्नेतले सहजीकरण गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि उप्रेती र समीक्षकहरु - प्रा. हेमनाथ पौडेल र प्रा. डा. देवी नेपाललाई चलचित्र विकास बोडका अध्यक्ष चर्चित सिने कलाकार दिनेश डी. सी. ले मायाको चिनो प्रदान गर्नु भएको थियो 

सर्जक मोहन सिटौलाकी आमा मनमाया सिटौलाले गीत गाउनु भएको थियो । कार्यक्रममा पूर्व रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, साहित्यकारहरु हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, कृष्ण प्रसाईं, जयदेव भट्टराई, युवराज नयाँघरे, श्रीओम श्रेष्ठ रोदन, शंकर भारती, क्रान्ति श्रेष्ठ (जापान), डा. किस्मत भण्डारी (अमेरिका), मणि लोहनी, मन्जिला अनिल, डा. बुनु दाहाल, उषा के. सी., विजयध्वज थापा, केशवप्रसाद पराजुली, छविरमण सिलवाल, सन्तोष श्रेष्ठ, ठाकुर बेलवासे, गोपीकृष्ण प्रसाईं, रमेश दाहाल, लक्ष्मी पाण्डे, राजेन्द्रमान डंगोल, जीवनकुमार श्रेष्ठ, श्रीराम राई, अखिल सिटौला, भानुप्रकाश जोशी, हरिप्रसाद सिलवाल, नवीन पल्लव, माधव घिमिरे अटल, सुमन थापा संगम, प्रा. डा. भरतकुमार भट्टराई, बैरागी जेठा, विजया पन्त, राधिका दाहाल, प्रदीप खनाल, प्रदीप सापकोटा लगायतको बाक्लो उपस्थिति रहेको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.