सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने

Everest Fuji News २०८२ असार १७ मा प्रकाशित       Published at 2025 Jul 01


काठमाडौं /


जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । 

महाशाखाले असार १४ गतेदेखि १६ गते कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी पानी परेको भन्दै सतर्कता अपनाउन आव्हान गरेको थियो । महाशाखाले मनसुन सक्रिय रहेको तथा मनसुन रेखा पश्चिम नेपालको उत्तरतर्फ रहेकोले सुदूरपश्चिम क्षेत्रको तराई र पहाडमा धेरै वर्षा हुने भएकाले सर्तकता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम, तराई र पहाडमा धेरै वर्षा हुने भन्दै सो क्षेत्रमा पनि सर्तकता अपनाउन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि महाशाखाले गरेको पुर्वानुमानका आधारमा सम्बन्धित निकाय, सरकारका सबै पक्ष र सर्वसाधारणमा जानकारीका लागि विभिन्न माध्यमबाट पूर्व सुचना र पूर्व चेतावनीका सन्देश सम्प्रेषण भइरहेको जनाएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.