प्रथम महिला सगरमाथा आरोहण टोलीलाई भेट्दै प्रम देउवाले भने : बहादुर र साहसी महिला

Everest Fuji News २०७४ पुष २३ मा प्रकाशित       Published at 2018 Jan 07


काठमाडौं : 'समानताका लागी बुलन्द आवाज' भन्ने नाराका साथ आउँदो त्रैत २०७४ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गरिरहेकाले 'प्रथम महिला पत्रकार आरोहण २०१८' टोलीले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बालुवाटारस्थित प्रधान मन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले उक्त टोलीका सदस्यहरुलाई शुभकामना दिए। साथै अभियानका लागी आवश्यक सगरमाथा आरोहण दस्तुर, मन्त्रीपरिषद्बाट यथासक्दो आर्थिक सहयोग लगायतका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरि पाँच महिला पत्रकारहरु आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहणको लागी आर्थिक, भौतिक तथा सामाजिक सहयोग जुटाउनमा ब्यस्त छन्। उक्त टोलीले आरोहण सम्बन्धि पहिलो चरणका तालिम अन्तर्गत दोलखाको रोलवालिङ स्थित यालुङरी र रामदुङ हिमाल आरोहण गरीसकेका छन्। नेपाल पत्रकार महासँघको ब्यानरमा जान लागेका महिला पत्रकार टोलीलाई कीर्तिमानी आरोहि फुर्वा तेन्जिङ शेर्पाले प्रशिक्षण गराईरहेका छन्। उक्त टोली सदस्यहरुको अभियानलाई सराहना गर्दै देउवाले उनीहरुलाई 'बहादुर र साहसी' महिलाको संज्ञा दिए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.