थाई एयरवेजको ५० वर्ष : स्वर्णजयन्तीका अवसरमा सन् २०१८ भर विभिन्न कार्यक्रम गर्न

Everest Fuji News २०७४ मंसिर १९ मा प्रकाशित       Published at 2017 Dec 05


काठमाडौं । थाई एयरवेजले नेपालमा आफ्नो सेवा सञ्चालनको ५०औं वर्ष पूरा गरेको छ । एयरलाइन्सले स्वर्णजयन्तीको अवसरमा सन् २०१८ भरि विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । स्वर्णजयन्तीको अवसरमा एयरलाइन्सले काठमाडौंमा आयोजित कायक्रममा नेपाल उडानका वर्षहरू सुखद रहेको जानकारी दिएको छ । थाई एयरले सन् १९६८, डिसेम्बर ४ गते पहिलोपटक नेपालमा आफ्नो उडान गरेको थियो । प्यासेञ्जर जेट नेपालमा भित्र्याउन पहिलो उडानसमेत रहेको यस एयरलाइन्सले नेपाललाई विश्वका अन्य भागहरूमा समेत परिचित बनाएको थियो । शुरुआती दिनहरूमा साप्ताहिक रूपमा उडान भर्ने थाईले बढ्दो मागसँगै आफ्नो उडानको सङ्ख्या बढाएको थियो । सन् १९९७, अक्टोबरदेखि थाइले नेपालमा दैनिक रूपमा ए ३००–८०० प्लेनको सञ्चालन गरेको थियो भने सन् १९९८, नोभेम्बरमा भिजिट नेपाल १९९८ लाई समर्थन गर्दै नेपालमा बी ७७७–२०० भिœयाएको थियो । जुन अहिलेसम्म पनि सञ्चालनमा छ । ५० वर्षको यस सुनौलो यात्रामा थाईले विभिन्न ऐतिहासिक सफलताहरू आफ्नो हात पारेको छ । सन् १९८५, नोभेम्बरमा काठमाडौंमा कम्प्युटरको माध्यमबाट रिर्जभ गर्ने पहिलो एयरलाइन्सको रूपमा थाई स्थापित भएको थाईले विभिन्न ट्राभल एजेण्टहरूलाई समेत सन् १९९० देखि यो सेवा प्रदान गर्दै आएको छ । थाईले निरन्तर रूपमा विभिन्न नयाँ गन्तव्यतर्फ आफ्नो रुट विस्तार गर्दै आएको छ । थाईको आफ्नै सिल्कक्लास लञ्ज, आफ्नै ग्राउण्ड ह्याण्डलिङ सर्भिस, रोयल अर्किड होलिडे प्याकेज, आफ्नै टेक्निकल ह्याण्डलिङ सर्भिस र फर्स्ट इन–फ्लाइट म्यागेजिन–सवादीले समेत थाईमा थप र नयाँ आयाम जोडेको छ । नेपालमा निरन्तर रूपमा सीएसआर कार्यक्रमहरू आयोजना गर्दै आएको थाईले प्रत्येक वर्ष ३१ जुलाईका दिन रक्तदान कार्यक्रम, वार्षिक मोतीविन्दु सर्जरी क्याम्प, कार्डियो चेक–अप र हेल्थक्याम्पका साथै अनाथालयहरूलाई स्टेशनरी सामानहरूसमेत प्रदान गर्दै आएको छ । थाईले नेपालमा रहेको रोयल थाई राजदूतावास, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्राधिकरण, नबिल बैङ्क लिमिटेड र होटल अन्नपूर्णलाई प्रशंसा पत्रले सम्मान गरेको छ । यसका साथै थाईले मिस नेपालका शीर्ष ३ प्रतियोगीहरूलाई समेत आफ्नो सेवा र सुविधा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.