काठमाडौं । एस एस राजमौलीको फ़िल्म 'बाहुबली २ : द कन्क्लुज़न'ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ। फ़िल्मको हिन्दी संस्करणले पहिलो दिन भारतीय रुपियाँ ४१ करोड तथा तेलुगु, तमिल र मलयालम संस्करणले कुल ८० करोड़ व्यापार गरेको छ।
समीक्षक तथा पत्रकार तरण आदर्शका अनुसार, एस एस राजमौली को फ़िल्म बाहुबली २ द कन्क्लुज़न ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ। समीक्षक तथा पत्रकार तरण आदर्शका अनुसार, फ़िल्मको हिन्दी संस्करणले पहिलो दिन भारतीय रुपियाँ ४१ करोड तथा तेलुगु, तमिल र मलयालम संस्करणले कुल ८० करोड़ कमाएको छ। यी सबै जोड्दा पहिलो दिनको कमाइ १ सय २० करोड नाघेको छ। राजमौलीको 'बाहुबली २', सन् २०१५ मा सार्वजिनक भएको 'बाहुबली- द बिगनिङ'को सिक्वल हो।
गत शुक्रबार प्रदर्शनमा आएको बाहुबली २ मा प्रभाष, राणा डुग्गुबत्ती, अनुष्का शेट्टी र तमन्नाको मुख्य भूमिका है। बहुप्रतिक्षित फिल्म भएकोले यसको टिकट नपाएर अहिले पनि धेरै दर्शक छटपटिएका छन्। बुकिङ काउन्टरमा देखिएको लाम र फिल्म हेरिसकेका दर्शकका प्रतिक्रिया हेर्दा यसले अमिर खानको फिल्म 'दंगल'ले बनाएको सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड चाँडै तोड्ने देखिन्छ। दंगलको कमाइ करिब ३ सय ८५ करोड मानिन्छ। बलिउडका ३ खानले यस अगाडि बनाएका रेकर्ड तोडेको छ। हाल भारतमै करिब ८ हजार हलमा चलेको यो फिल्मको पहिलो संस्करणले पनि व्यापारमा नयाँ कीर्तिमान बनाएको थियो। एजेन्सी