मेरो शहरको रुप रंग बदलिएको छ
चौडा बाटा,पुल,टोलका गल्ली
ठुला ठुला भवन,हाउजिङ,प्लटिङ सँगै
मान्छेका मन पनी
यहाँ बदलिएका छन
रफ्तार भागदौड सँगै जीवन पद्दती
पनी बदलिएको छ
सोच्ने हिड्ने काम गर्ने
ढंग पनी बदलिएको छ
शहरका मान्छे
खल्तीमा बचेखुचेको
समय खर्चिएर
हालचाल,सोध्ने गर्छन
लाग्छ ति सब औपचारिकताका
बहाना मात्र भए
कहिलेकाही सोच्छु
कहाँ गए होलान ति दिन
जहाँ समय खर्चिएर
आँखामा आँखा जुधाएर
मन सँग मन मिलाएर दुःख सुख
सँन्चो बिसँन्चो भावना आत्मियताका
साथ साट्ने गरिन्थ्यो
अनुहारको आकृति हेरेर
फलानोको छोरा नाती
होइन सोध्ने गरिन्थ्यो
ति सब आन्नद लाग्थे
फर्किएर हेर्दा लाग्छ
त्यो जमाना अब रहेन
शहरका मान्छे
अब कस्टमेटिक
भए..हर चिज
मात्र कस्टमेटिक
जहाँ अर्थतन्त्र कारोबार
चल्ने भए
भावना र सम्बन्ध नचल्ने हुदै गए...
अर्पण खरेल
[email protected]