Everest Fuji News२०७३ मंसिर ११ मा प्रकाशितPublished at 2016 Nov 26
नखुलेको आकाश खुलेर आयो
बिर्सदा बिर्सदै याद तिम्रो भुलेर आयो ।
ओल्टे कोल्टे फर्किदा निद आएन र के भो
परेली भरी माया तिम्रो पग्लेर आयो
बिर्सदा बिर्सदै याद तिम्रो भुलेर आयो ।
चकमन्न रातमा जुनतारा बिच एक्लो छु र के भो
त्यो जुन तिम्रो मुहार बनेर आयो
बिर्सदा बिर्सदै याद तिम्रो भुलेर आयो
म पूर्व पश्चिम तिमी टाढा भयोउ र के भो
त्यो घामको झुल्को नजर तिम्रो बनेर आयो
बिर्सदा बिर्सदै याद तिम्रो भुलेर आयो
नखुलेको आकाश खुलेर आयो ।
सुमन भाई ...
(प्रस्तुति: योगेन्द्र बोहोरा )
हाल , जापान