अन्तराष्ट्रिय साहित्य समाज ( अनेसास जापान ) को कविता सन्कलन आज अन्तिम दिन

Everest Fuji News २०७३ कार्तिक ९ मा प्रकाशित       Published at 2016 Oct 25


कार्तिक-९,जापान। नेपालीहरुको दोस्रो ठुलो चाड तिहार अन्तर्गत पर्ने लक्ष्मी जयन्तीलाई लक्षित गरी अनेसास जापानले आयोजना गरेको कविता सन्कलन आज सकिदैछ । सिटी मनी एक्स्प्रेसको प्रायोजकमा हुन गैरहेको उक्त कबिता प्रतियोगिता ' अनेसास जापान -सिटी मनी साहित्य पुरस्कार ' नामाकरण गरिएको छ । img_1340यो कार्यक्रम सफल बनाउनको लागि अनेसास जापानका पदाधिकारीहरु जोड्तोडका साथ गृहकार्यमा जुटेका छन । विजयी कविबर हरुलाई शिल्ड तथा अन्य वस्तुहरुको तयारी भई रहेको भर्खरै मनोनित केन्द्रिय उपाध्यक्ष , जापानका प्रकाश पौडेल ' माइला' ले एभरेष्टफुजिन्युज डट कमलाई बताउनु भएको छ । उक्त साहित्यिक भेलामा जापान वासी नेपाली हरुलाई हार्दिक निमन्त्रणा गरेको छ । साहित्य हाम्रो जीवन सँग जोडीए'को अङग भएकोले यो पुरस्कारको घोषणा गरेको सिटी एक्स्प्रेस जापानका प्रमुख महेश कुमार श्रेष्ठले बताउनु भएको छ । पुरस्कारको राशी तीन चरणमा विभाजित गरिएको अनेसास जापानले जनाएको छ । कविता पठाउने ठेगाना :  [email protected] 1. उत्कृस्टको लागी - ३ ओटा 2. सहभागीको लागी - ३० ओटा 3. निर्णायकको लागी - ३ ओटा कबिता वाचन टो कियो,शिनओकुवो, सोलमारी रेस्टुरन्ट स्थित मुरा हलमा आगामी नोवेम्बर ६ तारिख आइतवारमा हुन गइरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.