साहित्यकार लीलबहादुर क्षेत्रीको निधन, निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

Everest Fuji News २०८१ फाल्गुन ३० मा प्रकाशित       Published at 2025 Mar 14


काठमाडौँ /


प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउनु भएको छ । 

आज प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना समेत व्यक्त गर्नुभएको छ । उहाँले लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुने गरेको समेत उल्लेख गर्नुभएको छ । साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो । क्षेत्रीको बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ, उपन्यास, आसाममा नेपाली भाषाको साह्रोगाह्रो निबन्ध संग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेको भन्दै जगदम्बाश्री पुरस्कारबाट समेत सम्मानित हुनुहुन्छ । भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उहाँलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट समेत सम्मान गरेको थियो ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.