जय नेपाल फाउन्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक

Everest Fuji News २०८१ कार्तिक १ मा प्रकाशित       Published at 2024 Oct 17


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउन्डेसन’ जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।

आज बुढानिलकण्ठमा जय नेपाल फाउन्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले सो कुरा बताउनु भएको हो । पुर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धति र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउन्डेसनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउन्डेसनलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनसमेत स्थापना भएकोमा खुसी व्यक्त गर्दै नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको समेत बताउनु भएको छ । स्मारिका सार्वजनिक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि, उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराउनु भएको थियो भने जय नेपाल सन्देशका प्रधान सम्पादक प्राध्यापक डा धनेश्वर नेपाल र फाउन्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरूबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराउनु भएको थियो । फाउन्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवाबीच सहकार्य, सहयोग र सद्भाव बढाउने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था भएको समेत बताइएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.