भारी मतान्तरले सर्वज्ञ वाग्ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित

Everest Fuji News २०८१ असार २९ मा प्रकाशित       Published at 2024 Jul 12




प्रेमिला गौचन /

अमेरिका ।

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निवर्तमान वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले २०२४~२०२६ का लागि  भारी मतान्तरले  विजयी हुनु भएको छ । वाग्लेले ८ सय ५९ मत प्राप्त गर्नु  भएको थियो भने उहाँका प्रतिद्वन्दी निवर्तमान महासचिव बिमला निरौलालै ५ सय ९५ मत प्राप्त गर्नु भएको थियो ।

वाग्लेले प्रतिश्प्रधि  निरौलालाई २ सय ६४  मतले पराजित गर्नु भएको  हो । 

अनेसासमा यद्यपि कूल मत १ हजार ४ सय ७३ मत खसेकोमा बदर १९ मत थियो । 

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा साहित्यकार लाल गोपाल सुवेदीले पनि सबैभन्दा बढी ४ सय ६६ मतले विजयी 

भएका छन। सूबेदीले ९५४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले ४ सय ८८ मत प्राप्त गरेका थिए ।


लाल गोपाल सुबेदी (वरिष्ठ उपाध्यक्ष )

 निवर्तमान केन्द्रिय सदस्य सरिता अर्यालले एशिया उपाध्यक्षमा ७४९ मत ल्याएर आफ्ना चुनावी प्रतिस्पर्धी दिनेशराज ज्ञावालीलाई पछाड़ी पारी विजयी भएकी छिन । पराजित ज्ञावालीले ६७५ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा बिश्वभरका अनेसास सदस्य र आजीवन सदस्यहरुले अनलाईन प्रणालीद्वारा भोटिंग गरिएको हो ।

निर्वाचन जुलाई ६ र ७ तारिख मिति तय गरिएको भएता पनि सिस्टममा केही बाधा तथा शंकास्पद मत खसेको आशंकाले सो मत रद्द गरी फेरी ९ तारिखसम्मका लागि भोटिंग खुल्ला गरिएको थियो । तथापी भोटिंग सिस्टममा केही प्राविधिक समस्या भएको कारण देखाउदै मत दिन असमर्थ भएको गुनासाहरु पनि आएका थिए । निवर्तमान अध्यक्ष गोवर्धन पूजाले नयाँ विजयी व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिनु भएको छ । त्यस्तै अशुन्तुष्ट पक्षहरुले पनि बधाई तथा शुभकामना दिएका छन।



त्यसैगरी, अमेरिका क्षेत्रबाट उपाध्यक्षका लागि सुदिप भद्र खनालले ८१८ मत ल्याएर चुनाव जितेका छन् । उनका प्रतिद्वन्द्वी महेश्वर पन्तले ६२२ मत ल्याएका थिए ।

महासचिवको प्रतिस्पर्धामा राजु सिटौलाले ८५५ मतले विजयी भए भने कृष्णकुमार गिरीले ५८४ मत ल्याए ।

निर्विरोध निर्वाचित पदाधिकारीमध्ये युरोपबाट उपाध्यक्षमा डिल्लीराम अम्माई, अफ्रिकाबाट गणेश खड्का र ओसियानाबाट हरिप्रसाद अधिकारि रहेका छन् । सचिवमा रबिन शर्मा र कोषाध्यक्षमा तारा अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन्।

अनेसासको केन्द्रिय समितिमा साहित्यकार सुमन बर्षा घिमिरे, पुष्पा खनाल, दीप कार्की, रत्न लोक्सम सुब्बा र तारा उप्रेती पाँच सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । थप दुई सदस्यहरू कार्यसमितिले मनोनित चयन गर्ने वैधानिक व्यवस्था रहेको छ। 

निर्वाचन समितिका आयुक्तहरु पत्रकार गुणराज लुइटेल, डा. कविता घिमिरे र डा. चुडामणि खनाल रहेका थिए ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.