अन्तर्राट्रिय नेपाली साहित्य समाजकोअध्यक्ष पदको सर्वज्ञ वाग्लेद्वारा दावेदारी पेश

Everest Fuji News २०८१ असार ६ मा प्रकाशित       Published at 2024 Jun 19


अन्तर्राट्रिय नेपाली साहित्य समाजको आगामी केन्द्रिय कार्यसमिति २०२४–२०२६ को निर्वाचनमा वर्तमान बरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लले अध्यक्ष पदको दावेदारी पेश गर्नुभएको छ । उहाँले च्याप्टरदेखि लगातार अनेसासको उत्थानका लागि खट्दै आफूभन्दा अग्रजलाई सम्मान गर्दै, सानालाई माया गर्दै आएको जानकारी समेत गराउनु भएको छ । यसैक्रममा महासचिव हककुदा प्रत्येक हप्ता क्यालिफोर्नियाबाट बिहान पाँच बजे कोभिडको समयमा जुमका माध्यमबाट संसारका च्याप्टर, पूर्वज, आजीवन सदस्यदेखि साहित्यिक मनलाई जोड्दै कार्यक्रम समेत गरेको स्मरण गराउनु भएको छ । उहाँले कविता वाचन, च्याप्टरका समस्यादेखि हामीले गर्नुपर्ने काम र कर्तव्यका साथै हाम्रा कमी र कमजोरी औंलाउन पनि अनुरोध गर्नुभएको छ ।

बरिष्ठ उपाध्यक्ष वाग्लले त्यसैको परिणाम अनेसासलाई अझ मजवुत बनाउन संसारभरबाट जोडिएका मनहरूले अनेसासको गतिविधि कोभिडको कहरमा घरघरबाट हेरेर मनोरंजन दिलाउने कार्य समेत गरेको बताउनु भएको छ । उहाँले यो दुई वर्ष वरिष्ठ उपाध्यक्ष भएर आफ्नो भूमिका सरल, सहज र सद्भावका साथ कार्य गरेको बताउनु भएको छ । उहाँले अब आफुले अध्यक्षको पदमा उठ्नुबाहेक अरू विकल्प समेत नरहेको बताउनुभएको छ । उहाँले दुई वर्षमा गर्नुपर्ने कामको रोडम्याप समेत तयार गरेको बताउनु भएकोछ । वर्तमानमा नेपाली भाषा र साहित्यलाई प्रबद्र्धन गर्न, विदेशमा हुर्किरहेका बालबच्चाहरुलाई नेपाली भाषा, साहित्य, कला, संस्कृति र नेपालसँग जोडिराख्न विशेष कार्यक्रम ल्याउने बताउनु भएको छ ।एनआरएनए आईसीसी (ग्लोवल) को भाषा–साहित्यमा समयावधि सकिने समयमा अनेसासको महासचिव भएपछि बालबालिकाहरूलाई कविता प्रतियोगिता गराउँदा आफुले एनआरएनए ग्लोबल र अनेसास केन्द्रको संयोजक भएर विविध काम गरेको समेत बताउनु भएको छ ।


उहाँले सो समयमा प्रथम हुनेलाई ४१ हजार, द्वितीय हुनेलाई ४७ सय र तृतीय हुने २ जनालाई ४ ४ हजार ५ सय र सान्त्वना हुनेलाई ४ हजार ३ सय रुपैयाँ समेत उपलव्ध गराउने गरि कार्यक्रम संचालन गरेको बताउनु भएको छ । उहाँले एनआरएनए र अनेसास दुबै संस्थालाई एउटै चौतारीमा उभ्याउन सफल भएको विषय समेत स्मरण गराउनु भएको छ । उहाँले आगामी दिनमा विभिन्न प्रतियोगिताहरूको आयोजना गरिनुका साथै अनेसासको संगठनको गुणात्मक विकासका लागि अनुभव, निरन्तरता र योग्यतालाई कर्ममा उतार्दै दृढताका साथ कार्य गर्ने विश्वास दिलाउनु भएको छ । अनेसासको बृहत्तर हितका लागि सदाझैँ आफुलाई नियमित सुझाव, सहयोग र हौसलाका साथ संस्थालाई मजबुत बनाउन मद्दत गर्न समेत सवैलाई आग्रह गर्नुभएको छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.