डुवर्स, दार्जिलिंगमा २ दिवसीय साहित्य सम्मेलन सम्पन्न

Everest Fuji News २०८० पुष २३ मा प्रकाशित       Published at 2024 Jan 08




२०८० पुस २३

डुवर्स, भारत ।

नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागीमा डुवर्स, दार्जिलिंगमा २ दिवसीय साहित्य सम्मेलन सम्पन्न भएको छ । "Thinker's And Writers' Peace Meet" कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको सहयोगमा "त्रिस्रोता साहित्य संस्कृति प्रवाह" कार्यक्रम सम्पन्न भएको छ ।यो कार्यक्रम "इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल स्टडीज एण्ड रिसर्च" को संयुक्त आयोजना गरेको हो ।

भारतको लाटागुड़ीमा अवस्थित ‘युनिक इन’ नामक रिसोर्टमा "Ecology and Ecopoetry" को उद्देश्यमाथि “थिन्कर्स एण्ड राइटर्स पीस मीट” कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रमको उद्घाटन लेखक पद्मजा अयङ्गर पेड्डी (हैदराबाद), साहित्य पत्रकार संघ, काठमाडौं, नेपालका अध्यक्ष राधेश्याम लेकालीलगायतले संयुक्त रुपमा गर्नु भएको थियो । उहाँहरुलाई Literary Award बाट सम्मानित पनि गरिएको थियो । 



उत्तर कन्यामाको दायित्वमा रहेका पश्चिम बङ्गाल सरकारका सिएमओ सुभाशिष घोषको अध्यक्षता साहित्य अकादमी पुरस्कारले सम्मानित हैदराबादका लेखक पद्मजा अयङ्गर पेड्डीको उपस्थितिमा प्रारम्भ भएको उक्त दुई दिवसीय कार्यक्रमको मूल विषय प्रकृति, साहित्य अनि समाज रहेको थियो । 

कार्यक्रममा यी विषयहरू कसरी एक अर्कामाथि निर्भरशील छन् भन्ने विषयमाथि विभिन्न विद्वानहरुले आ-आफ्नो भाषामा आ-आफ्ना विचार व्यक्त गर्नु भएको थियो । 

उक्त कार्यक्रममा बहुभाषिक कविगोष्ठीको पनि आयोजना गरिएको थियो । जसमा ६० भन्दा बढी कविहरुले आआफ्नो कविता वाचन गर्नु भएको थियो । 

कोलकाताबाट बङ्किम चन्द्र चट्टोपाध्यायका पञ्चम पीढ़ी, जयदीप चट्टोपाध्याय, नेपालबाट अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष  तथा पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, बाङ्लादेशबाट  रिख्तार हुसैन, आसामबाट सुशान्त मोहन देव, खरसाङबाट  आशा मुखिया लामा, सिलगढ़ीबाट  लतिका जोशी, उषा नन्दी गहतराज, पौलमी दास मैत्रको पनि सहभागीता रहेको थियो । 

कार्यक्रममा बाङ्ला साद्री अनि सिलेटी भाषाका विभिन्न कवि तथा साहित्यकारहरू कोलकाता, सिलगढ़ी, जलपाईगढ़ी र कुचबिहारबाट उपस्थित भएका थिए भने डुवर्सबाट नेपाली साहित्य विकास समितिका सदस्यहरू कवि एवं पत्रकार अजय खड़का, गीतकार बेग बसन्त थापा, अबीर खालिङ, गणेश गजमेर र समालोचक तथा समीक्षक रूपेश शर्मा आदिको पनि उपस्थिति रहेको थियो । 

त्रिस्रोता साहित्य ओ प्रवाहको तर्फबाट अध्यक्ष सुब्रत दत्त,बलराम सरकार, सुदीप शाह, डलि देब, गायक किङ्सुक भौमिक, राजा चक्रवती, स्नेहा मैत्र, पारोमिता बिश्वास, गौरी चौधरी र साहित्य, संस्कृति एवं नाट्य क्षेत्रका दिग्गजहरूको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रम पहिलो दिनको संचालन डा. सुदिप्त चट्टोपाध्याय, डाइरेक्टर शिशु मङ्गल हस्पिटल तथा सचिव, आइ. एस. आइ. एस. आरले गर्नु भएको थियो भने दोस्रो दिनको कार्यक्रमको सञ्चालन त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाहका संयोजक किरण मजुमदारले गर्नु भएको थियो । दुई दिवसीय उक्त कार्यक्रमको सम्पूर्ण व्यावस्थापना त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाहका सहसभापति तथा सिलगढ़ीका ख्यातनामा व्यवसायी श्री सुब्रत दत्तले गर्नु भएको थियो । 


कार्यक्रममा विभिन्न पुस्तकहरूको लोकार्पण, सांस्कृतिक कार्यक्रम, नाटक मन्चनसमेत गरिएको थियो । अनुवाद एवं सर्जक उषा नन्दी गहतराजद्वारा अनुवादित, किरण मजुमदारद्वारा सम्पादित हिन्दी कवि राजेन्द्र परदेशीको कवितासङ्ग्रह “राजेन्द्र परदेशी की कविताएँ” को बाङ्ला अनुवाद “राजेन्द्र परदेशीर एकक कविता गुच्छ”-को विमोचन पनि गरिएको थियो । 





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.