कथाकार प्याकुरेलको पहिलो उपन्यास ‘खटप्वाल’माथि विमर्श

Everest Fuji News २०८० जेठ ५ मा प्रकाशित       Published at 2023 May 19


 कथाकार प्रमोद प्याकुरेलको पहिलो उपन्यास ‘खटप्वाल’माथि विमर्श सम्पन्न भएको छ ।बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. अशोक थापाले कृतिमाथि चर्चा गर्दै उपत्यकाको काँठ क्षेत्र, समाज र त्यहाँकाले भोग्दै आएको जीवन यस उपन्यासमा समेटिएको बताए । डा. थापाले उपन्यासमा काठमाडौं वरपरका क्षेत्रको सुन्दर वर्णन गरिएको उल्लेख गरे ।उनले उपन्यासमा प्रस्तुत अध्यायहरूको विवेचना गर्दै भने, "औपन्यासिक शिल्प सुन्दर भए पनि उपन्यास भनिसकेपछि कथा जोडिनुपर्थ्यो कि ! कि नयाँ प्रयोग हो ? उपन्यासलाई निबन्धको भाषाले थिचेको छ ।"अन्तरक्रियात्मक प्रस्तुतिमा स्रष्टाहरू भवानी खतिवडा, घनेन्द्र ओझा, लक्ष्मण वियोगी, भरत पौडेललगायतले बोले ।समालोचक महेश पौडेलले प्याकुरेलको उपन्यासले बलिया सन्देशहरू प्रवाह गरेको बताए । अर्का वक्ता महेश कार्की क्षितिजले उपत्यकाको काँठवासीको जीवनलाई उपन्यासकारले बलियोसँग प्रस्तुत गरेको बताए ।कार्यक्रममा उपन्यासकार प्याकुरेलले उठेका प्रश्नहरूको जवाफ दिए । कृति पेज टर्नरले प्रकाशन गरेको हो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.