एक लाखको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता”

Everest Fuji News २०८० बैशाख २७ मा प्रकाशित       Published at 2023 May 10





हेम सरिता पाठक फाउन्डेसनले एक लाख रकमको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” गर्ने जनाएको छ । उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले प्रेसित गर्नु भएको पत्रमा उल्लेख गर्नु भएको छ ।
अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको ब्यवस्था गर्नु भएको हो । यसअगि पनि एक लाख रकमको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता” घोषणा भइसकेको छ ।
फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदान तथा अमेरिकामा गरीब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।
भ्रष्टाचार विरूद्घको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको
सूचना :
गीतको विषय सन्दर्भ :
भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यसप्रकार छन् :
१. आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।
२. गीत रेकर्ड गरेको हुनुपर्नेछ ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वत: अस्वीकृत हुनेछन् ।
४. एकजना गीतकारले एउटा  मात्र गीत पठाउन सक्नेछन । एकभन्दा बढी आएमा स्वतः  बदर हुनेछन् ।
५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।
६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।
७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।
८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० भदौ १५ गतेसम्म हुनेछ।
९. पुरस्कार : नगद एक लाख रकम (प्रमाणपत्रसहित) हुनेछ।
१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।
सम्पर्क :
Email : [email protected]
Phone No : 9851059354
आयोजक: हेम सरिता पाठक फाउन्डेसन

भवदीय,

राधेश्याम लेकाली (
अध्यक्ष
,
सरिता पाठक फाउन्डेसन)
नेपाल शाखा



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.