अनेसास संवादमा आमाहरूको सम्झना

Everest Fuji News २०८० बैशाख ११ मा प्रकाशित       Published at 2023 Apr 24




अमेरिका  

समाचारदाता |

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार सिर्जनामा आमा शीर्षकको कार्यक्रम गरेको छ । मातृ दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न सर्जकले आमाप्रति समर्पित सिर्जना वाचन गरेका छन् ।

अनेसासका महासचिव विमला निरौलाको संयोजनमा भएको उक्त कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीदेखि बीओटी सभापति पदम विश्वकर्मा, अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, विओटी उपसभापति तीर्थ पाण्डे, अनेसासका सल्लाहकार भारती गौतम, बीओटी सल्लाहकारहरू तीर्थराज अधिकारी, रोहिणी शर्मा र पुरू सुवेदी, पूर्व अध्यक्ष मोहन सिटौला, केन्द्रीय सदस्यहरू तारा अधिकारी, शकुन ज्ञवाली र सरिता अर्याल, अनेसास च्याप्टरका गीता बजगाईं, नम्रता गुरागाईं, गीता कार्की, डिल्ली अमाई, डन कार्की, तारा उप्रेती, नीलकण्ठ सुवेदी, गंगा लिगल, उर्मिला निर्दोषी, रीतादेवी प्रधान, गोमा रेग्मी, सहदेव कोइराला,जगन्नाथ पौडेल, प्रेमप्रसाद पौडेल, अग्नि पराजुली, रश्मि रिमाल, अम्बिका भण्डारी, डा. खगेन्द्र दाहाल, कोमल भट्ट, गंगा अभिलाषीलगायतसम्मले सिर्जना वाचन गरे ।



अनेसासको साप्ताहिक कार्यक्रम अनेसास संवादको नवीन श्रृङ्खला स्वरूप आयोजित यो विशेष कार्यक्रम अनेसासका केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा सम्पन्न भएको हो । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.