एक लाख राशिको पुरस्कार हेम-सरिता पाठक फाउन्डेसनद्वारा घोषणा

Everest Fuji News २०७९ चैत्र ७ मा प्रकाशित       Published at 2023 Mar 21




काठमाडौं

२०७९ चैत ७ |

भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने उदेश्यले आज २०७९ चैत ७ गते "विश्व कविता दिवस"को दिनको अवसरमा एक लाख राशिको पुरस्कार  "भ्रष्टाचार विरूद्घको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता"को सूचना जारी गरेको छ |

 फाउन्डेसनले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी विज्ञप्तिमा जनाएको छ । 


प्रेस विज्ञप्ति :


कविताको विषय सन्दर्भ: भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन रचना पठाउने नियम यसप्रकार छन् : 


१. आफ्नो कविता इमेल मार्फत पठाउनुपर्नेछ । 

२. कविता टाइप गरेको हुनुपर्नेछ । 

३. कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ। 

४. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वत: अस्वीकृत हुनेछन् । 

५. एकजना कविले एउटा मात्र कविता पठाउन सक्नेछ । एकभन्दा बढी आएमा कविता स्वतः बदर हुनेछन् । 

६. कविता कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ । 

७. कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ । 

८. प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिनेछ । 

९. प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ । 

१०. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ । 

११. कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० साउन मसान्तसम्म हुनेछ । 

१३. पुरस्कार : नगद १,००,०००/- एक लाख  (प्रमाणपत्रसहित) हुनेछ । 

१४. पुरस्कारको निर्णयअघि उत्कृष्ट  २५ कविताको सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका कविताहरुको सम्बन्धित कविहरुले आआफ्नो स्वरमा भिडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ । 

१५. यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको सङ्ग्रह  प्रकाशित गरिनेछ । 

पुनश्च : प्रतियोगी कविले आफ्नो यसअगि भ्रष्टाचार विरुद्धको लेखिएको कविताको पनि जानकारी गराउनुपर्ने छ । 

सम्पर्क :

Email : [email protected]

Phone No : 9851059354 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.