समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई “’ अनेसास डायस्पोरा नारीरत्न २०२३ ‘ पुरस्कारबाट पुरस्कृत गरेको छ । सो पुरस्कार पाँचों अन्तरराष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन १०-१२ मार्च, बोस्टन, अमेरिकामा भएको अवसरमा खत्रीलाई प्रदान गरिएको हो |
अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गरिएको हो ।
कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउदै, अनेसासको केन्द्रीय अध्यक्षसमेत रहनु भएको खत्री अनेसासको बिओटी र केन्द्रको अध्यक्ष हुने पहिलो महिला हुनुहुन्छ ।
साहित्य-प्रेमी रोहिणी शर्माको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।