अन्तर्राष्ट्रिय नेपाली साहित्य बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माले २०२२~ २०२६ का लागि उम्मेदवारी दिएका छन | निर्वाचन यही डिसेम्बर १२ र १३ का दिन हुदैंछ | साहित्यकार विश्वकर्माले अनेसासको केन्द्रीय कार्यालय स्थापना गर्ने र त्रिभुवन विश्वविद्यालयसंग सहकार्य गरेर कम्तिमा पनि १२ जना विद्यार्थीहरुबाट अनलाइनमा पठन पाठनको शुरु गरी नेपाली भाषालाई विश्वव्यापीकरण गर्ने प्रमुख एजेण्डा सहित उम्मेदवारी दिनु भएको हो |
यस बाहेक उहाँले अनेसासलाई प्राज्ञिक संस्थाको रुपमा विकसित गर्दै संस्थाको संस्थागत विकासमा सुदृढ गर्ने, केन्द्रीय कार्यसमितिलाई आवश्यक सहयोग गर्ने,, नेपाली साहित्यका उत्कृष्ट कृतिहरुलाई विदेशमा विश्वविद्यालयहरुमा पठन पाठनको लागि आवश्यक प्रयास गर्ने, नेपाली साहित्यका उत्कृष्ट कृतिहरु अनुवाद गर्ने र विभिन्न देशमा विदेशी साहित्यकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी नेपाली साहित्यको विश्वव्यापीकरण अभियानमा विशेष पहल गर्ने पनि एजेण्डामा उल्लेख छ |
विश्वकर्माले अनेसास ट्रस्टी कोलोराडो च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रस्टीको उपाध्यक्षमा रही संस्थाको उन्नयन, विकास र विस्तारमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् । उनका कविता संग्रह, कथा संग्रह, उपन्यास कृति प्रकाशित छन् र अन्य कृतिहरु प्रकाशोन्मुख छन् ।
निर्वाचनमा संस्थाका १२० जना ट्रष्टीहरुले गोप्य मतदानद्धारा निर्वाचन गर्ने छन् ।