प्रधानमन्त्री लगायत ३५ वटा साहित्यिक सस्थाहरुले सामूहिक रुपमा श्रद्धांजली, मंगलवार सार्वजनिक बिदा

Everest Fuji News २०७९ कार्तिक १ मा प्रकाशित       Published at 2022 Oct 18



वाङ्मय शताब्दीऔं पुरुष सत्य मोहन जोशीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा लगायत ३५ वटा साहित्यिक संघ/सस्थाहरुले सामूहिक रुपमा श्रद्धांजली अर्पण गरेका छन |

जोशीको निधन प्रती नेपाल सरकारले मंगलवार सार्बजनिक बिदाको गरेको छ। 

पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवा,साहित्यिक अनुरागीहरु तथा अन्य विविध व्यक्तित्वहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । 


 पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुगेका  थिए ।

एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीर अन्त्येष्टि नगरी अध्ययनका लागि अस्पताललाई हस्तान्तरण गरिने परिवार स्रोतले जनाएको छ ।

संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याए वापत तीनपटक सम्म मदन पुरस्कार पाउने नेपालको एक मात्र व्यक्तित्व जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामाग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहनु भएको थियो | 


शोक वक्तव्य 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको  २०७९ असोज ३० गते देहावसानमा ३५ वटा साहित्यिक सस्थाहरुले सामूहिक रुपमा श्रद्धांजली व्यक्त गरेको छ। 

नेपाली भाषा, साहित्य, कला र सस्कृतिका अग्रणी व्यक्तित्व शताब्दी पुरुषप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । 

१. साहित्यिक पत्रकार संघ 

२. शंकर लामिछाने प्रतिष्ठान 

३. नेपाल स्रष्टा समाज

४. दायित्व वाङमय प्रतिष्ठान 

५. वासुशशी स्मृति परिषद 

६. लघुकथा समाज नेपाल 

७. गुन्जन 

८. भूगोल साहित्य समाज

९. ललितपुर कला सस्कृति प्रतिष्ठान 

१०. नेपाल भारत-साहित्य प्रतिष्ठान 

११. नेपाल मुक्तक प्रतिष्ठान 

१२. शब्दपथ

१३. नारी साहित्य प्रतिष्ठान 

१४. शिवपुरी साहित्य समाज

१५. उपन्यास समाज नेपाल 

१६. नियात्रा समाज नेपाल 

१७. चेतन कार्की प्रतिष्ठान 

१८. सर्वदा वाङ्मय प्रतिष्ठान 

१९. सञ्चार मंच 

२०. नेपाली कला साहित्य डटकम 

२१. अनेसास नेपाल च्याप्टर

२२. उर्वरा फाउन्डेसन 

२३. सखी प्रतिष्ठान 

२४. जनमत मासिक

२५. नारी स्रष्टा समाज

२६. नेपाली साहित्य मन्दिर

२७ नारीस्वर 

२८. महिला गीतकार संघ नेपाल 

२९. डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान

३०. मदन दिपबिम स्मृति परिषद 

३१. घुम्ती मुक्तक नेपाल 

३२. एपेक नेपाल 

३३. संसाक मासिक

३४. नेपाल साहित्यिक पत्रकार संघ 

३५. सिद्दिश्वरमान अक्षयलोक साहित्यिक केन्



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.