सुमन घिमिरेको "अन्तत: यन्त्रणा" उपन्यासको लोकार्पण

Everest Fuji News २०७९ असार २३ मा प्रकाशित       Published at 2022 Jul 07



भद्रपुर, झापा २०७९/०३/१८

भद्रपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आउनु भएकी स्रष्टा सुमन घिमिरेद्वारा लिखित "अन्तत: यन्त्रणा" उपन्यासको झापा उद्योग वाणिज्य संघको सभाहलमा लोकार्पण गरिएको छ। 

कार्यक्रमका अध्यक्ष कृतिकारका पिता गोपाल घिमिरे, प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रा. होम सुवेदी, प्राज्ञ सुभद्रा भट्टराई र भद्रपुर नगरपालिका वार्ड नं ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाले सो कृतिको लोकार्पण गरेका हुन। 

लोकार्पित कृतिको समीक्षा कवि तथा पत्रकार माया मितु न्यौपाने र स्रष्टा कुमार भट्टराईले गर्नु भएको थियो। कार्यक्रममा प्रमख अतिथि राजेन्द्र लिङ्देल, अध्यक्ष गोपालबहादुर घिमिरे, भद्पुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रा. होम सुवेदी र प्राज्ञ सुभद्रा भट्टराईले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए। 

यसैगरी कार्यक्रममा उपन्यास "अन्तत: यन्त्रणा"की लेखक सुमन बर्षाले लेखकीय मन्तव्य राखेकी थिइन। 

कार्यक्रम सञ्चालन आयोजक संस्था सर्जक मञ्च झापाकी अध्यक्ष लीला अनमोलले गरेकी थिइन। कार्यक्रममा अनमोलले कविता वाचन र देवीचरण भण्डारीले गीत गाएका थिए। 

कार्यक्रममा प्रा. डा. पृथ्वीविक्रम राई, डा. खगेन्द्र दाहाल, घनेन्द्र शर्मा, प्रा. गंगाराम ढुङ्गेल, टोपलाल ज्ञवाली, लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति हरिप्रसाद नेउपाने, पं रघुनाथ रिमाल, महेन्द्र भट्टराई" दुरगामी", कृष्ण सुवेदी" निराकार", अनिरुद्र सिटौला, तोसल दाहाल, गोपाल गिरी, सन्तोष अग्रवाल, गोपाल आचार्य,बागमती सफाई अभियानका अभियन्ता मदनकुमार पोखरेल, अनिता रिजाल, लता खरेल,बद्रीबहादुर कार्की, कृष्ण पाठक, कृतिकारका आफन्तजनहरुलगायत यसक्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.