काठमाडौ ।
शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९४ औ जन्मोत्सव समारोह आगामी २०७७ चैत ५ गते मनाउने भएको छ ।
सो अवसरमा वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसाल (१९८५)लाई अभिनन्दन गर्ने निर्णय गरेको छ भने दया फाउन्डेसनलाई सम्मान गर्ने भएको छ ।
रिसालका साधुलाई सुली (जेल डायरी), लोग्ने स्वास्नी र केही मित्रका चिठी (ई. स. २००१) जस्ता कृतिहरु विभिन्न फुटकर रचनाहरु प्रकाशित रहेका छन ।
दया फाउन्डेसनले सामाजिक रुपमा शिक्षा, स्वास्थ र सस्कृतिलगायतका क्षेत्रमा योगदान गर्दै आएको छ भने शंकर लामिछाने प्रतिष्ठानलाई पनि सहयोग प्रदान गर्ने गरेको छ ।
यसैगरी वरिष्ठ साहित्यकार गणेश रसिकलाई नगद रु. पचासहजार राशीसहितको शंकर लामिछाने निबन्ध पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी प्रतिष्ठानले निबन्धकार प्रतीक ढकाललाई नगद रु. पच्चीसहजार राशीसहितको शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ ।
साहित्यकार रसिकका सस्मरण कृतिहरु "जब सिस्नुहरु टेक्दै हिंडे" (२०५५), "दश गजामा उभिएर" (२०६३) लगायत विभिन्न कृतिहरु प्रकाशित रहेका छन ।
यसैगरी नियात्राकार प्रतीक ढकालका वियोन्ड द हिमालयज (२०५९), हिमालपारी पुगेपछि (२०६१), सेती पनि काली पनि (२०६३), सगरमाथाको आधारशिविरबाट (२०६३)लगायत विभिन्न कृतिहरु प्रकाशित भएका छन ।