तस्विर: अध्यक्ष (प्रकाश पौडेल 'माईला')
जापान, टोकियो ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय सदस्यमा जापानमा रहेका युवा साहित्यकार दीप पाठक 'देवेन्द्र' शिर्ष मत सहित बिजयी भएका छन । त्यस्तै अध्यक्षमा पनि जापानकै प्रकाश पौडेल 'माइला'
निर्विरोध अध्यक्ष चमयन भएका छन । अध्यक्ष माइला जापानीहरुको संस्था ' वर्ल्ड हाइकु एसोशियसनका' का पनि सदस्य हुन । यस संस्थामा विदेशी सदस्य ' माइला' पहिलो व्यक्ति हुन । उनी ४० दिने निर्वाचन प्रकृया हुनुभन्दा पहिले अध्यक्ष चयन भएका थिए । यो २०२० देखि २०२२ सम्म २ वर्षको पदावधि हुनेछ ।
अनेसास जापान च्याप्टरका निवर्तमान अध्यक्ष समेत भएका दीप पाठकको २ वर्षे कार्यकालमा केन्द्रले जापान च्याप्टरलाई 'उत्कृष्ट' सम्मान तथा नगद पनि हस्तान्तरण गरेको थियो ।
तस्विर: सदस्य ( दिप पाठक 'देवेन्द्र' )
विश्वभर अनेसास सदस्य २ हजार १ सय एकासी मतदाताहरुमध्य ८ सय २६ मत प्राप्त गरी पाठकले उच्च मत ल्याएका छन । त्यस्तै ४०० मत निस्कृय रहेको अमेरिका निवासी निर्वाचन अधिकृत ई.विजयराज भट्टराईले जनाएका थिए । विद्युतिय भोटिङ प्रणाली अनुसार विविध समस्याको कारण रध्द भएको यद्दपी हरदम प्रयास गरेको पनि अधिकृत भट्टराईले निर्वाचन घोषणाको क्रममा बताएका थिए ।
साहित्यमा अब्बल र निरन्तरता दिइरहेका प्रत्यासीहरु पनि पराजय भएको दुखेसो पोख्दै अमेरिकाकै प्रमुख निर्वाचन अधिकृत डा.चुडामणी खनालले क्रमस: निर्वाचित सदस्य पदबाट वरिष्ठ उपाध्यक्ष पदसम्म घोषणा गरेपछी लाइभ घोषणा कार्यक्रम समापन भएको थिए । यद्दपी पद हस्तान्तरण कार्यक्रमको मिति भने तय भएको छैन ।
घोषणा कार्यक्रममा केन्द्रका अध्यक्ष राधेश्याम लेकाली ( नेपाल ), बोर्ड अफ ट्रष्टीका गीता कार्की ( अमेरिका ) तथा निर्वाचन समितिका सदस्य पुष्पा खनाल ( नेपाल), ई.कुमार सिम्खडा ( जापान ) र तिर्थराज पाण्डे ( अमेरिका ) ले पनि सम्बोधन गरेका थिए ।
२०२०~ २०२२ का लागि नयाँ कार्यसमितिका नामावली :-
अध्यक्ष -प्रकाश पौडेल 'माइला' निर्विरोध (जापान)
व.उपाध्यक्ष -गोभर्धन पुजा ७ सय ५५ त (अमेरिका)
क्षेत्रिय उपाध्यक्ष -राजेन्द्र के. श्रेष्ठ (अमेरिका)
क्षेत्रिय उपाध्यक्ष - बाबा बस्नेत (एशिया)
क्षेत्रिय उपाध्यक्ष -सुनिल सङगम ( यूरोप)
क्षेत्रिय उपाध्यक्ष -राजेश बुढाथोकी (( ओशियाना)
महासचिव - सर्वज्ञ वाग्ले
सचिव - बिमला निरौला
कोषाध्यक्ष - कृष्ण कुमार गिरी
सदस्यहरु: -
१)दिप पाठक 'देवेन्द्र'
२)प्रमोद साराङ
३)निजानन्द मल्ल
४)तारा अधिकारि
५)रेनुका बस्नेत थापा