आज २०७५ चैत १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको सहकार्यमा साहित्यिक पत्रकार संघले "३७ औं कथा दिवस" समारोहको आयोजना गर्यो ।
सो अवसरमा कथाकार विजय सागर ( भैरहवा ) लाई २०७५ सालको मैनाली कथा सम्मान प्रदान गरियो । कथाकार सागरले ५० बर्षदेखि कथा सिर्जना गर्दै आउनु भएको छ ।
संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको वरिष्ठ आख्यानकार गीता केशरी प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि केशरी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र आख्यान विभागका प्रमुख प्राज्ञ माया ठकुरी, अनेसास बिओटीका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सम्मानित कथाकार विजय सागर, लघुकथा समाजका अध्यक्ष श्रीॐ श्रेष्ठ रोदन, सापसका अध्यक्ष राधेश्याम लेकाली, महासचिव पुष्पा खनाललगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा कथाकारहरु हिरण्यकुमारी पाठक, गोपाल अश्क, गोविन्द गिरी प्रेरणा, नारायण तिवारी, तुलसीहरि कोइराला, सुशिला देउजा, ललिता दोषी, डा. पुष्कर भट्ट, छविरमण सिलवाल, राधा पौडेल, निर्मल पराजुली, हन्सावती कुर्मी, श्रीराम राई, रविन्द्र तिम्ल्सिना, विणा सिन्हा आदिले आआफ्नो लघुकथा वाचन गर्नु भएको थियो ।
कार्यक्रममा आधुनिक नेपाली कथाका प्रवर्तक गरुप्रसाद मैनालीको योगदानबारे विषेश चर्चा गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजना गरिएको सो समारोहमा प्राज्ञहरु प्राडा.योगेन्द्रप्रसाद यादव र लक्ष्मी माली, सापसका पूर्व अध्यक्ष अच्युतरमण अधिकारी, साहित्यकारहरु रामकाजी कोने, घनश्याम राजकर्णिकार, डा. गार्गी शर्मा, भागीरथी श्रेष्ठ, विमल भौकाजी, सन्ध्या पहाडी, जलेश्वरी श्रेष्ठ, शुभ श्रेष्ठ, यादव भट्टराई, धुर्व मधिकर्मी, शशी थापा आदिको उपस्थिति रहेको थियो ।
