आज ४ दिन भयो ...
शब्द कोर्नै सकिन ...
बल्ल कोशीस गर्दैछु ..
हार्दिक श्रद्दान्जली ' रबिन्द्र तिमीलाई
शायद यो दैव सन्जोग भनौ या
भाग्य विधाता
तिमी मेरा माइती राजा
उमेर एउटै , गन्तब्य एउटै
तिमी पर्यटन प्रवर्द्वन नीति निर्माणको लागि
पर्यटन मन्त्री भयौं, म पर्यटन सचेतनाको
लागि नेपालमा ११ वर्ष कलम चलाए ..
तर मैले कलम चलाउने बेलामा
तिमी योग्यता बढाउदै थियौ होला
कुनै सभा सम्मेलनमा व्यस्त थियौ होला
तर तिमी नजिकैका माइती भएर
पनि हाम्रो चिनजान थिएन
बोलचाल थिएन .
तर तिमी जिन्दगीको उकाली चड्ने बेलामा
तिमीले घर परिवारको सहयोग थियो होला
साथी भाईको ढाडस थियो होला
म त त्यो समय एक्लो यात्री
२ वटा बच्चा हुर्काउने जिम्मेवारी सहित
पत्रकारिता सँगै योग्यता बढाउने साहस पनि गर्दै
निकै कठिन थियो , निकै व्यस्त थियो
त्यो बेला मेरो दिन चर्या ..
त्यो समय ,महिलालाई पत्रकारिता गर्न निकै
कष्ट पूर्ण थियो..
माओवाद जनाअन्दोलन थियो , दरवार हत्याकाण्ड भयो
त्यसैले मेरो २ बच्चाको भविस्यको लागि
भय पनि पर्यटन बिट चुने ..
जो बल्ल अहिले गाउ गाउमा , व्यक्ती वक्तिमा पर्यटनको
चेतना आएको छ , मैले यस बिषयमा
२०,२२ वर्ष अघी नै कलम चलाएको थिए
त्यो समय सुचनाको पहुच जहा तही थिएन l
गाउका पाठक त्यती साक्षर पनि थिएन
अहिलेको जस्तो व्यक्ती व्यक्तिमा
अनलाइन पोर्टलहरु पनि थिएन ..
रबिन्द्र तिमी जब
पर्यटन मन्त्री बनेउ , शायद मनमनै सवभन्दा बढी म नै खुशी
भएकी थिए ..
ओहो मेरो माइती देशको मान्छे पर्यटन मन्त्री भएछ ...
किनकी पोखरा स्व्देशी तथा विदेशी
अत्यन्तै मन पराइएको शहर हो ..
मैले पनी फेवातालको जलकुम्भी झार र
अतिक्रमणको बिषयमा कलम चलाएको थिए ..
जुम्ल्याहा जस्ता देखिने
बिहानै उठ्ने वितिक्कै
माछापुच्छ्रे र निलगिरी हिमाल
ढाक्ने गगनचुम्वी भवन पोखरामा बन्दै
गर्दा निकै दु:ख लाग्थ्यो ..
पर्यटकिय नगरि भय पनि
निकै अस्तव्यस्त
लाग्दै थियो ..
निकै चिन्ता लागदथो ..
पोखराको रबिन्द्र अधिकारी पर्यटन मन्त्री
सुन्ने वितिक्कै म झल्याश ब्युझे ..
खुशी भए ..मनमनै बधाई पनि दिए..
यो बाहेक मेरो अरु उपाए पनि थिएन
र माध्यम पनि .,
न उनलाई मैले चिन्थे ..न त म स्वदेसमै ..
तिमी आन्तरिक हवाइ उडानको लागि
आवश्यक पुर्वाधारको अध्ययनको लागि
अस्तायौ...
ठिकै छ , मर्नु त सबैलाई एक दिन छदै छ ..
तिम्रो जस्तो मरण शत्रुलाई पनि
नपरोश .,
तिमीले वाइड वडी बाट सफाइ पाउन बाँकी नै थियो ..
विस्व शन्तिको अग्रदूत भगवान गौतम बुद्ध अनतराष्ट्रिय विमान स्थल ७०%
निर्माण पुरा पनि तिमीले नै गरेउ .,
निकै आशा लाग्दा
एउटा दियो निभेर गयौं
तिमी मेरा दौतरी माइती
रविन्द्र ..
हार्दिक श्रद्दा सुमन , ४ दिन सम्म त अक्षर नै लेख्न सकिन
तिम्रा घर परिवार को के कुरा गरौ ।।शब्दमा वयान गर्नै सक्दिन ..
तिम्रो स्वर्गमा वास होस ..
तिमीलाई मसँग यिनै भावूक शब्द वाहेक दिने अरु कुनै उपहार भएन ...
(प्रेमिला गौचन ,हाल जापान )
