अनेसास जापानले जापानव्यापी खुला कविता प्रतियोगिताको आयोजना गर्ने-
Everest Fuji News२०७५ फाल्गुन ८ मा प्रकाशितPublished at 2019 Feb 20
टोकियो ।
अन्तरास्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) जापान च्याप्टरको आयोजना र सिटी एक्स्प्रेस मनी ट्रान्स्फर जापान को प्रायोजक मा रहेको -"अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार" को लागी अनेसास जापानले जापनव्यापी खुला कविता प्रतियोगिता को आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) एउटा साहित्यिक सन्जाल हो । यसको भिभिन्न देशहरूमा च्याप्टर रहेका छन । अनेसास जापान त्यसकै एक सक्रिय च्याप्टर हो
अनेसास जापान च्याप्टरले बिभिन्न साहित्यिक गतिबिधी गर्दै अाइरहेकोछ
यसभन्दा अघी पनि कविता प्रतियोगिता गरी यस पुरस्कारको वितरण गरिएको थियो । यस पुरस्कारको प्रायोजक को रुपमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फर जापान रहेको छ
जापानबा बसेर कविता लेख्ने सम्पूर्ण साहित्यप्रेमी तथा कविहरूलाइ सहभागीताको लागी हार्दिक अनुरोध गरिएको छ
प्राप्त कविताहरु मध्य बाट उत्कृष्ट ३ जना कविलाई १५००० नगद ,प्रमाण पत्र र मायाको चिनो उपलब्ध गराईंने छ भने सहभागी सम्पूर्णलाई सहभागिताको प्रमाण पत्र र आकर्षक मायाको चिनो प्रदान गरिनेछ
कविता निम्न परिधिभित्र रही पठाऊनुपर्ने पर्नेछ
कविताको शिर्षक र बिषयबस्तु खुला रहने छ
कविता बढीमा २०० शब्द सम्म हुनु पार्ने छ
प्रतिस्पर्धी कवि जापान भित्र स्थाइ वा आस्थाइ बसोबास गरेको हुनु पर्ने छ
बिगतका उत्कृष्ट बिजेता कविहरूले सहभागि हुन पाइने छैन